kumari
stcnepal

एलन मस्कलाई पछि पार्दै बर्नाड अर्नाल्ट बने विश्वकैधनी

काठमाडौं ।टेस्ला तथा स्पेसएक्स कम्पनीका संस्थापक एलन मस्कलाई पछि पार्दै फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०२१ देखि विश्व धनाढ्य व्यक्तिको पहिलो नम्बरमा एलन मस्क रहेका थिए ।

विश्व प्रसिद्ध फ्रोब्स म्यागेजिनको रियल टाइम इन्डेक्स अनुसार हाल अर्नाल्ट विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनी फेसन ब्राण्ड लुई भिटनको प्यारेन्ट कम्पनी एलभीएमएचका मालिक हुन् । हाल उनको रियल टाइम अर्निङ १८६.६ बिलियन डलर रहेको छ । दोस्रो स्थानमा रहेका एलन मस्कको रियल टाइम अर्निङ १८५.४ बिलियन डलर रहेको छ ।

यस्तै १३४.८ बिलियन डलरका साथ भारतीय अर्बपति गौतम अडानी विश्व धनाढ्य व्यक्तिको तेस्रो स्थानमा छन् ।

footer