२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतमा हिमाचल प्रदेशमा भाजपाको हार कंग्रेसविजयी

1K
shares

भारतीय राज्य हिमाचलको विधान सभामा सत्तारूढ भारतीय जनता पार्टीले हार व्यहोरेको छ।बिहीबार जारी मतगणनामा भाजपाले पाँच वर्षअघि पाएको बहुमत गुमाउने देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यहाँ प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले बहुमत पाउने भएको छ।

६८ सदस्यीय विधान सभामा कंग्रेसले ३२ सिटमा जित हात पारिसकेको छ भने ७ ठाउँमा उसका उम्मेदवारले अग्रता लिएका छन्। सरकार बनाउन ३५ सिट आवश्यक पर्छ। पाँच वर्षअघि विधान सभाका ४४ सिट जितेको भाजपा भने यसपालि २६ सिट मात्र जित्ने भएको छ।

सन् २०१४ देखि केन्द्रको सत्ता चलाइरहेको भाजपाले यसपालि हिमाचलमा रेकर्ड तोडेर दोस्रो कार्यकालमा सरकार बनाउने योजना बनाएको थियो। तर उसको योजना सफल हुन सकेन्।हिमाचलमा सन् १९८५ देखि कुनै पनि दलले लगातार दुई पटक सरकार बनाउन सकेका छैनन्। हरेक चुनावमा हिमाचलका मतदाताले फरक दललाई मत दिने गरेका छन्। त्यही भएर यहाँ कंग्रेस र भाजपाले आलोपालो सरकार चलाउँदै आएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports