kumari
stcnepal

मधेस प्रदेश एमाले पहिलो, १० दलको प्रदेश सभामा प्रतिनिधित्व

धनुषा। मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् । १ सय ७ सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमाले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिट सहित दोस्रो स्थानमा छ ।

विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट ल्याएको छ ।प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टी समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा २ सिट पाएर पाँचौँ दल भएको छ ।

मधेसमा नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा ४/४ गरी ८ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ । प्रत्यक्षमा ६ सदस्य स्वतन्त्र उम्मेदवारी बाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजिते पनि समानुपातिक तर्फ एक/एक सिट जितेका छन् ।

footer