२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेस प्रदेश एमाले पहिलो, १० दलको प्रदेश सभामा प्रतिनिधित्व

1.05K
shares

धनुषा। मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मंसिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् । १ सय ७ सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा एमाले समानुपातिकमा ८ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी ९ सिट जिते पनि २२ सिट सहित दोस्रो स्थानमा छ ।

विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रदेशसभामा तेस्रो दल बनेको छ । जसपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सहित १६ सिट ल्याएको छ ।प्रत्यक्षमा ६ सिट जितेको जनमत पार्टी समानुपातिकमा ७ सिट हासिल गरी १३ सिटसहित चौथो दल बन्दा लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा २ सिट पाएर पाँचौँ दल भएको छ ।

मधेसमा नेकपा माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिकमा ४/४ गरी ८ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सिट पाएको छ । प्रत्यक्षमा ६ सदस्य स्वतन्त्र उम्मेदवारी बाट आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजिते पनि समानुपातिक तर्फ एक/एक सिट जितेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports