नवनिर्वाचित सांसदहरूको ७ गते बिहिबार सपथ ग्रहण सपथमा जादा के-के लिएर जानु पर्दछ ?
वि.सं.२०७९ पुस ४ सोमवार १७:०५
shares

संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सांसदलाई पुस ७ गते बिहीबार शपथ खुवाउने भएको छ। संघीय संसदको महासचिव भरतराज गौतमले पुस ७ गते दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर स्थित प्रतिनिधि सभा बैठक कक्षमा नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाइने बताए।
प्रतिनिधि सभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ बाट निर्वाचित गरी कूल २७५ जना सांसद छन्। नवनिर्वाचित सांसदले शपथ लिन जाँदा साथमा के-के लैजानुपर्छ? यस बारे संसद सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमै सबै कुरा खुलाइदिएको छ। सांसदहरूलाई जेष्ठ सदस्यले शपथ खुवाउनेछन्। जेष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ खुवाउने र उनले सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ।
शपथ लिन जाँदा सांसदले निर्वाचन आयोग बाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाण पत्र (सक्कल तथा एक प्रति प्रतिलिपी), नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति साथमा लैजानुपर्ने संघीय संसद सचिवालयले बताएको छ।
साथै नवनिर्वाचित सांसदहरू पुस ७ गते बिहान ११ बजे नयाँ बानेश्वर पुगिसक्नुपर्ने हुन्छ। राष्ट्रिय पोशाक वा आ-आफ्नो साँस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन पनि सचिवालयले सांसदहरूलाई आग्रह गरेको छ। कुनै सांसदले मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा मातृभाषामा अनुवाद गरी सोको जानकारी तीन दिन अघि नै संसद सचिवालयमा दिनुपर्ने हुन्छ।






































