linktrix Long Ad
Salt Trading Long Ad

शेखर कोइरालाको समर्थनमा स्थापन इतर समुह बाट गगन थापा संसदीय दलको नेतामा उम्मेदवारी दिने

975
shares

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् ।

होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दा सहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’ अहिले पार्टी महामन्त्री समेत रहेका गगन थापाले बोलिरहेका छन् ।

मंगलबार बिहान होटल एम्बास्डरमा बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति जुटेको थियो । सो छलफल लगत्तै कोइराला र थापा पक्षका सांसदहरुको बैठक अहिले होटेल बसेरामा बसिरहेको छ ।कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजे देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजे देखि निर्वाचन हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports