पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलित थर परिवर्तन गर्न पाईने

1.65K
shares

काठमाडौं ।राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि विभागले थर परिवर्तन गर्न पाउने निर्णय गरेको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालका अनुसार राष्ट्रिय दलित आयोगले सूचिकृत गरेका थर राख्न र परिवर्तन गर्न पाउनेगरी विभागले निर्णय गरेको हो । निर्देशक ढकालले भने, ‘स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा थर परिवर्तनको निवेदन आए पनि परिवर्तन नहुने समस्या देखियो । त्यसैले हामीले दलित आयोगले बनाएको सूचि अनुसार थर परिवर्तन गराउनु भनेर निर्देशन दिएका हौं ।’

राष्ट्रिय दलित आयोगले दलितका २५ वटा जाति अन्र्तगत पर्ने थरको सूचि बनाएको छ । विभागका अनुसार थर परिवर्तन गर्न चाहानेले आयोगले बनाएको सूचिभित्र रहेका थर परिवर्तन गर्न पाउनेछन् । विभागका निर्देशक भन्छन्, ‘विश्वकर्मा जाति हो, यहाँ भित्र अनेक थर छन् । परियार पनि जाति हो त्यहाँभित्र अनेक थर छन् । आफूलाई असहज लागेको, अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न पाउँछन् ।’

सरकारले २०५२ सालदेखि नै दलितले सम्मानजनक थर राख्न र परिवर्तन गर्न पाउने निर्णय गर्दै आएको छ । ०६३ र ०६८ मा पनि सरकारले दलितले नागरिकता, जन्मदर्ता प्रमाणपत्रमा थर पविर्तन गर्न पाउने निर्णय गरेको थियो । सरकारले पहिले नै गरेको निर्णय सहज रुपमा लागु गराउन विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताएको छ ।

विभागले यसपटक नागरिकतामा मात्र नभई जन्मदर्ताको प्रमाणपत्रमा पनि थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । विभागका निर्देशक ढकालले भने, ‘नागरिकतामा मात्र सच्याएर सबै समस्या समाधान नहुने देखिएपछि हामीले यसपटक जन्मदर्तामा पनि सच्याउन पाउने निर्णय गरेका हौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports