विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल टेलिकमको नाफा बढाउन प्रबन्ध निर्देशकले बनाए यस्तो योजना

637
shares

काठमाडौँ ।नेपाल टेलिकमले नाफा लगातार घटेपछि तीन क्षेत्रमा लगानी केन्द्रित गर्ने रणनीति बनाएको छ । दूरसंचार सेवामा निजी क्षेत्रको एनसेल र फाइबर इन्टरनेट सेवामा निजी क्षेत्रका ठूला आइएसपीहरुसँग प्रतिष्पर्धा गरिरहेको टेलिकमले एफटीटीएच, मोबाइल र लिज कनेक्टिभिटी (इन्टरप्राइजेज) लाई प्राथमिकता दिएर लगानी विस्तार गर्न लागेको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आम्दानी नघटेका क्षेत्रमा लगानी केन्द्रित गर्ने जानकारी दिएका छन् । विगत तीन वर्षको तथ्यांक केलाउँदै अधिकारीले भने–‘टेलिकमले जुन क्षेत्रमा लगानी गरेको छ सो क्षेत्रमा आम्दानी घटेको छैन ।’ जिएसएम मोबाइल र एफटीटीएच सेवामा टेलिकमले २०७६÷०७७ को तुलनामा २०७७÷७८ मा आम्दानी बढाएको छ ।
अधिकारीले फिक्स्ड लाइन (ल्याण्डलाइन), एडीएसएल, सीडीएमए सेवामा टेलिकमले लगानी गर्नै छोडेको जानकारी दिए। टेलिकमले चालु आवमै सीडीएमए सेवालाई पूर्ण रुपमा मोबाइल सेवामा माइग्रेसन गर्ने रणनीति कार्यान्वयन गरिरहेको छ । टेलिकम वाइम्याक्स सेवालाई पनि माइग्रेसन गर्ने योजनामा रहेको अधिकारीले बताए ।
कम्पनीले लगानी गर्नै छोडेपछि फिक्स्ड लाइन (ल्याण्डलाइन), एडीएसएल र सीडीएमए सेवाबाट हुने आम्दानी ओरालो लागेको छ । कोरोना महामारीको असर सुरु भएसँगै यात्रा प्रतिबन्ध लागेपछि अन्तर्राष्ट्रिय कल, रोमिङ र एसएमएसमा आम्दानी घटेको देखिन्छ ।
टेलिकमले आफ्नो कुल आम्दानीको करिब ७० प्रतिशत भ्वाइस सेवाबाट गर्ने गरेको जनाएको छ । लकडाउनका कारण उक्त आम्दानीमा नराम्रैसँग असर पुगेको अधिकारीले जानकारी दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports