प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र बैंकले दसैंको लागि नयाँ नोट दिदै

845
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ । एक सातायताबाट राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको छ ।

यसअघि राष्ट्र बैंकले नौरथा लागेपछि नोट उपलब्ध गराउने गर्दथ्यो । पोहोर नोट नसाट्ने निर्णय गरेको थियो । यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन थालेको हो ।

बैंक तथा वित्तीय संस्थाले भने अहिले नयाँ नोट मौज्दात गरेर राखेका छन् । औपचारिक वितरण भने घटस्थापनादेखि गर्ने छन् । यद्यपी माग्न आउने आफ्ना नियमित ग्राहकलाई भने अहिले पनि उपलब्ध गराइरहेको छ । राष्ट्र बैंकले यसपाली अधिकांस नोट नयाँ नै वितरण गरिदिएको छ। पोहोरपरार सुकिलो (एक÷दुई पटक प्रयोग भएको) नोट पनि वितरण गरेको थियो ।

राष्ट्र बैंकले बैंकहरुको एउटा शाखालाई कम्तिमा ५ करोड बराबरका दरले नयाँ नोट उपलब्ध गराएको छ । विकास बैंकहरुलाई ४ करोड र फाइनान्सलाई २ करोड बराबरको नोट उपलब्ध गराएको छ ।

कोरोना संक्रमणका कारण यसपाली बेलैमा नयाँ नोट उपलब्ध गराइएको हो । सरकारले निषेधाज्ञा हटाए पनि कोरोना संक्रमण कायमै छ । यस्तोमा राष्ट्र बैंकले वितरण गर्ने र बैंकहरुले साट्ने समय उस्तै उस्तै पर्छ भनेर यसपाली बेलैमा ब्यवस्थापन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports