सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धुर्मस–सुन्तली फाउण्डेशनको रंगशालालाई आर्थिक संकट

520
shares

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम आर्थिक संकटका कारण रोकिएको धुर्मस–सुन्तली फाउण्डेशनले जनाएको छ ।

निर्माण पक्ष धुर्मस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार साउन १५ गतेदेखि रंगशाला निर्माणको काम रोकिएको हो । उधारो आर्थिक व्ययभार बढ्दै गएको तथा केन्द्रीय सरकारबाट आर्थिक सहयोग नभएकाले निर्माणको काम रोकिएको उनले बताए ।
‘भीआईपी प्याराफिट बनाउने काम गरिरहेका थियौं, चल्नै नसक्ने अवस्था आयो, अहिले काम रोकिएको छ, फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘चरम आर्थिक संकटबाट गुज्रिएपछि काम रोक्यौं, जनस्तरबाट रकम उठ्ने सम्भावना पनि छैन, सरकारले दिँदैन, कहाँबाट कामलाई जारी राख्ने ?’

रंगशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको छ । अध्यक्ष कट्टेलकाअनुसार तीन हजार दर्शकले हेर्न मिल्ने पहिलो चरणको प्याराफिटको काम सकिएको छ ।

मैदानमा पिच बाहेकको काम सकिएको उनको भनाइ छ । ‘कोभिडको महामारीका बीच गत वर्षको साउनदेखि कामलाई गति दिएका थियौं, मुख्य रुपमा आर्थिक समस्या नै भएपछि काम अघि बढाउने परिस्थिति भएन’ कट्टेलले भने, ‘सरकारसँग हारगुहार गर्न लागिरहेको छु ।’ आर्थिक स्रोत जुटाउन अर्थ मन्त्रालयमा प्रस्तावना बनाएर पठाउन आफू लागिरहेको कट्टेलले बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports