गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओमानलाई नेपालको १९७ रनको लक्ष्य, आसिफले जोडे ९० रन

754
shares

 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ ।

मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । पहिलो ओडीआई अर्धशतक बनाउने क्रममा उनले ११२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सोमबार अमेरिकाविरुद्ध नेपालको जितमा सर्वाधिक रन बनाएका ओपनर कुशल भुर्तेल ओमान विरुद्ध खाता नखोली आउट भए । भुर्तेललाई ओमनका बिलाल खानले पहिलो ओभरको दोस्रो बलमै विकेटकिपर सुरज कुमारबाट क्याचआउट गराए ।

त्यसपछि आसिफ र कप्तान ज्ञानेन्द्रले नेपालको इनिङ्स सम्हाल्दै दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । तर ज्ञानेन्द्र १२ औं ओभरमा आउट भएपछि नेपालले एक छेउबाट विकेट गुमाउने क्रम जारी रह्यो । ज्ञानेन्द्र २१ रन बनाएर आउट भए । त्यसअघि आएका रोहितकुमार पौडेल पनि धेरै बेर क्रिजमा टिकेनन् । उनी २० रन बनाएर आउट भए । आसिफ र रोहितले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे ।

आसिफले एक छेउबाट इनिङ्सलाई होल्ड गरेपनि अर्को छेउबाट निरन्तर विकेट गुमेपछि नेपालले पूरा इनिङ्स समेत ब्याटिङ गर्न सकेन । शतकतर्फ अग्रसर भइरहेका बेला आसिफलाई ३६ औं ओभरमा बिलाल खानले बोल्ड गरे । विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए ।

१५६ रन जोड्दा ८ विकेट गुमाएपछि सन्दीप लामिछाने र करण केसीले नेपालको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे । तर ४० औं ओभरको अन्तिम बलमा ओमानका सन्दीप गौडले नेपालका सन्दीप लामिछानेलाई रनआउट गरे । उनले १० बल खेल्दै १ छक्का र १ चौका मद्दतमा १६ रन जोडे ।

१७३ मा ९ विकेट गुमेपछि करण केसीले नेपालको इनिङ्सलाई होल्ड गरिरहेका थिए । तर ४८ औं ओभरको चौबलमा करण आउट भएपछि नेपालको इनिङ्स १४ बल अगावै सकिएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports