विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीनीको हाहाकार हुने अर्थवाटै हरायो पत्र

702
shares

 

काठमाडौँ। नेपालीहरुको महान चाँड दसै तिहार छट पर्व आउनै लाग्दा चिनीको मूल्य बढाउने चलखेल सुरु भएको छ । अरुवेला भन्दा दसै तिहार र छट पर्वमा चीनीको खपत बढी हुने गरेको छ । सरकारले आयत अनुमति नदिए कै कारण अहिले चिनीको मुल्य अघोषित रुपमा बढ्रदै गएको छ ।

सरकारले चिनी आयतमा ४० प्रतिशत भन्सार लगाएको हुनाले व्यापारिहरुले चिनी आयत गर्न सक्ने सम्भावना नरहेको र नेपालका चीनी मिलहरुले उत्पादन गरेको चिनी पनि सकिन लागेको हुनाले चिनीको मुल्य अहिले ८५ देखि १०० रुपैँयासम्म पु¥याइएको छ । चिनी उद्योगीहरुको मिलेमतोमा अर्थमन्त्रालय नै बजारमा चिनीको हाहाकार गराउन लागि परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनी आयतको अनुमति माग्दै पटक÷पटक अर्थमन्त्रालयमा पत्र पठाएको भएपनि अर्थकै जिमेवार पदाधिकारीहरुले नै सो पत्र रोक्दै चिनीको अभाव हुने खेलमा लागेका छन् ।

अहिले साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ७८ रुपैँयामा चीनी बेचिरहेको छ भने सोही चीनी व्यापारीहरुले ९५ देखि १०० रुपैँयासम्मा विक्रि वितरण गरिरहेका छन् अहिले चीनी उद्योगीहरुसँग जम्माजम्मी ६ हजार मेट्रिकटन चीनी आफूहरुसँग रहेको बताएका छन् भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग लगभग ३०० मेट्रिकटन चीनी बाँकी रहेको छ ।

साल्ट टे«ेडिङ कपोरेशनले ८ महिना अघिनै ५० हजार मेट्रिक टन चिनीको आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । त्यसबेला अर्थले २० हजार मेट्रिकटन मात्र आयात गर्न अनुमति दिएको थियो । सो परिणामको चीनीले बजारको माग धान्न नसक्ने भन्दै फेरी ३० हजार मेट्रिकटन चीनी आयातको अनुमति मागेकोमा सो अनुमति प्रस्ताव अर्थ मन्त्रालयबाटै गायब पारिएको थियो ।

पत्र हराएपछि उद्योग वाणिज्य तथा आपूर्ति मनत्रालयले भाद्र ८ गते अर्थलाई पत्र लेख्दै ५० हजार मेट्रिक टन चीनी आयातको माग गरेको भएपनि अर्थले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।

यस बाहेक व्यापारी र उद्योगीहरुसँग कति चीनीको मौज्दात छ भन्ने जानकारी सरकारलाई समेत छैन । यी सबै कारणहरुले गर्दा यसपालीको दशैं, तिहार, छठ पर्वजस्ता पर्वहरु नेपाली जनताका लागि महंगो सावित हुने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports