kumari
stcnepal

चीनीको हाहाकार हुने अर्थवाटै हरायो पत्र

 

काठमाडौँ। नेपालीहरुको महान चाँड दसै तिहार छट पर्व आउनै लाग्दा चिनीको मूल्य बढाउने चलखेल सुरु भएको छ । अरुवेला भन्दा दसै तिहार र छट पर्वमा चीनीको खपत बढी हुने गरेको छ । सरकारले आयत अनुमति नदिए कै कारण अहिले चिनीको मुल्य अघोषित रुपमा बढ्रदै गएको छ ।

सरकारले चिनी आयतमा ४० प्रतिशत भन्सार लगाएको हुनाले व्यापारिहरुले चिनी आयत गर्न सक्ने सम्भावना नरहेको र नेपालका चीनी मिलहरुले उत्पादन गरेको चिनी पनि सकिन लागेको हुनाले चिनीको मुल्य अहिले ८५ देखि १०० रुपैँयासम्म पु¥याइएको छ । चिनी उद्योगीहरुको मिलेमतोमा अर्थमन्त्रालय नै बजारमा चिनीको हाहाकार गराउन लागि परेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनी आयतको अनुमति माग्दै पटक÷पटक अर्थमन्त्रालयमा पत्र पठाएको भएपनि अर्थकै जिमेवार पदाधिकारीहरुले नै सो पत्र रोक्दै चिनीको अभाव हुने खेलमा लागेका छन् ।

अहिले साल्ट ट्रेडिङ्ग कर्पोरेशनले ७८ रुपैँयामा चीनी बेचिरहेको छ भने सोही चीनी व्यापारीहरुले ९५ देखि १०० रुपैँयासम्मा विक्रि वितरण गरिरहेका छन् अहिले चीनी उद्योगीहरुसँग जम्माजम्मी ६ हजार मेट्रिकटन चीनी आफूहरुसँग रहेको बताएका छन् भने साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँग लगभग ३०० मेट्रिकटन चीनी बाँकी रहेको छ ।

साल्ट टे«ेडिङ कपोरेशनले ८ महिना अघिनै ५० हजार मेट्रिक टन चिनीको आयात गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । त्यसबेला अर्थले २० हजार मेट्रिकटन मात्र आयात गर्न अनुमति दिएको थियो । सो परिणामको चीनीले बजारको माग धान्न नसक्ने भन्दै फेरी ३० हजार मेट्रिकटन चीनी आयातको अनुमति मागेकोमा सो अनुमति प्रस्ताव अर्थ मन्त्रालयबाटै गायब पारिएको थियो ।

पत्र हराएपछि उद्योग वाणिज्य तथा आपूर्ति मनत्रालयले भाद्र ८ गते अर्थलाई पत्र लेख्दै ५० हजार मेट्रिक टन चीनी आयातको माग गरेको भएपनि अर्थले अहिलेसम्म कुनै जवाफ दिएको छैन ।

यस बाहेक व्यापारी र उद्योगीहरुसँग कति चीनीको मौज्दात छ भन्ने जानकारी सरकारलाई समेत छैन । यी सबै कारणहरुले गर्दा यसपालीको दशैं, तिहार, छठ पर्वजस्ता पर्वहरु नेपाली जनताका लागि महंगो सावित हुने भएका छन् ।

footer