linktrix Long Ad
Salt Trading Long Ad

चाडपर्वलक्षित काठमाडौं प्रहरीको सुरक्षा योजना

546
shares

 

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले दसैं–तिहार लगायत चाडपर्वलक्षित ‘विशेष’ सुरक्षा योजना बनाएको छ । चाडपर्वको मुखमा प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि परिसरले काठमाडौंमा सुरक्षा योजना ल्याएको हो ।

परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार असोज १ गतेदेखि लागू हुने गरी काठमाडौंमा चाडबाडलक्षित सुरक्षा योजना ल्याइएको छ ।
यसपालि दसैं, तिहार र छठ पर्वसम्म ‘विशेष’ किसिमको सुरक्षा योजना ल्याइएको उनले बताए का । हरेक वर्ष परिसरले काठमाडौंमा चाडबाडलक्षित सुरक्षा योजना ल्याउने गरेको छ ।

अहिले ल्याइएको सुरक्षा योजनामा उपत्यकाको सुरक्षा व्यवस्थालाई त्रुटिरहीत, भरपर्दो, विश्वसनीय र मजबुत बनाउनका लागि विभिन्न किसिमका सुरक्षा रणनीति तयार गरिएको उनले बताए । सिंहका अनुसार चाडपर्वका लागि काठमाडौंमा ३ हजार २ सय ७१ सुरक्षाकर्मी खटाइएको छ । त्यसमा प्रहरी परिचालनको वैज्ञानिक प्रयोग अबलम्बन गरिने सिंहले बताए ।

उनका अनुसार चाडपर्वमा ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती खटिने छन् । यस्तै, बिहान र रातको समयमा ४८ वटा मोबाइल गस्ती, ३५ वटा साइकल गस्ती, ८३ वटा क्वीक रेस्पोन्स टिम, तत्काल परिचालन गर्न सकिने १५ वटाको छुट्टै टिम, सर्च एन्ड सिल अभियानका लागि ३०, एरिया सिल र सर्चका लागि ३०, एक्बुसिङ र निगरानीका लागि ३०, सिआरभी र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने छ । यस्तै, मठ मन्दिर, गुम्बाहरूको सुरक्षा व्यवस्था मजबुद बनाइने, मिसावट, कालोबजारी नियन्त्रणमा बजार अनुगमन गरिने सिंहले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports