kumari
stcnepal

काग्रेसले ग¥यो विधानमा नयाँ व्याख्या

 

काठमाडौँ । नेपाली काग्रेसको १४ औँ महाधिवेशनवाट कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने व्यवस्था गरीएको छ । विगतमा एकजन उपसभापति एक जना महामन्त्री र एक सहमहामन्त्री पार्टी सभापतिले मनोनित गरीने व्यवस्था रहेकोमा अव त्यसलाई हटाएर कोषाध्यक्ष वाहेक सबै पदाधिकारी प्रतिनिधिहरुवाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था विधानमा गरीएको छ । नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले सबै पदाधिकारीहरु निर्वाचित भएर आउनुपर्ने आवाज उठ्दै आएकोले त्यसलाई सम्वोधन गर्न विधानमै काग्रेसले त्यस्तो व्यवस्था गरेको छ ।

काग्रेसले यस पटक पदाधिकारीमा आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । पार्टीको १३ औँ महाधिवेशनमा एकजना मात्र मनोनित सहमहामन्त्रीको व्यवस्था गरिएकोमा १४ र्औँ महाधिवेशनवाट अव आठैजना सहमहामन्त्रीमा निर्वाचित भएर आउनु पर्ने प्रावधान विधानमा राखिएको छ । काग्रेसको विधानमा महिला, आदिवासीजनजाती, दलित, खसआर्य,मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक जम्मा गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरीएको छ ।

दशवर्षसम्म निरन्तर काग्रेसको क्रियाशिल सदस्य भएका सम्वद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुले सहमहामन्त्रीको चयन गर्ने प्रावधान विधानमा राखिएको छ । सहमहामन्त्रीको पदलाई समावेसीताका आधारमा निर्वाचित गर्ने प्रावधान काग्रेसले पहिलो पटक गरेको हो ।
यस्तो प्रावधानले विशेष गरी निर्वाचनवाट प्रभावशाली व्यक्तिहरु निर्वाचित हुन सक्ने भएका र यस्ले नितिगत खालका समस्याहरु ल्याउन सक्ने सम्भावना पनि देखिन्छ । धेरै पदाधिकारीहरु निर्वाचित हुनु पर्ने भएपछि त्यँहा गुट उपगुट थपिन सक्छन् त्यस्ले गर्दा काग्रेसमा रहेका अहिलेका गुट उपगुटहरुभन्दा नयाँ गुट उपगुटहरुको जन्म हुन सक्छ । यदि त्यस्तो भएको खण्डमा काग्रेस भीत्र गुटगत राजनितिले दरिलो प्रभाव पार्न सक्छ ।

काग्रेसको विधानमा कम्तिमा १५ वर्ष निरन्तर क्रियाशिल सदस्य भएका महाधिवेशन प्रतिनिधि मध्येवाट केन्द्रीय सभापति निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसैगरी कम्तिमा १० वर्ष निरन्तर काग्रेसको क्रियाशिल सदस्य भएका महाधिवेशन प्रतिनिधिवाट निर्वाचित गरेका दुई उपसभापति र दुई महामन्त्री चयन हुने प्रावधान काग्रेसको विधानमा रहेको छ ।काग्रेसको नयाँ प्रावधानमा व्यवस्था भएनुसार अब काग्रेसमा पदाधिकारीको संख्या १४ पुग्ने भएको छ भन्ने यस अघि निर्वाचित र मनोनित गरी पदाधिकारी को संख्या ५ मात्र रहेको थिया । काग्रेसले कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित हुने विधानमा व्यवस्था गरेको छ भन्ने संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भन्ने पार्टी अध्यक्ष र केन्द्रीय सदस्य मात्र निर्वाचित गरी केन्द्रीय सदस्यहरुवाटै पदाधिकारी चुनिने व्यवस्था गर्ने भएको छ ।

 

footer