तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लब नयाँ कार्यसमिती चयन

416
shares

 

काठमाडौ । नेपालका विभिन्न छापासञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको एघारौ साधारणसभा शनिबार सिनामंगलस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा सम्पन्न भएको छ ।
निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि श्रुति श्रेष्ठकोे अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा श्रेष्ठ सहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका दिपेश श्रेष्ठ, महासचिवमा कान्तिपुर पब्लिकेशनका प्रकाशचन्द्र तिमिल्सेना र कोषाध्यक्षमा राजधानी दैनिकका द्घारिका प्रसाद काफ्ले, सचिबमा नयाँ पत्रिका अमूल थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यसैगरी गोरखापत्रका बिकास द्घारे प्रबक्तामा चयन हुनुभएको छ भने सदस्यहरुमा कान्तिपुरका अंगद ढकाल, सेतोपाटी डट कमकी निशा भण्डारी, देशसंचार डट कमकी बर्षा शाह, दि हिमालय टाईम्सका स्कन्द गौतम, अन्नपूर्ण पोस्टका दिपेन श्रेष्ठ र स्वतन्त्र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुशी निर्बिरोध चयन भएका छन् ।
निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक एआईपिएसका कोषाध्यक्ष तथा अधिबतmा निरजंन राजबशी, बरिष्ठ फोटोपत्रकारहरु नरेन्द्र श्रेष्ठ, किरण पाण्डे, भास्वर ओझा तथा क्लबका पूर्वअध्यक्ष प्रकास माथेमा, पूर्वकार्यबहाक अध्यक्ष केशबराज थोकरले प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासंघको बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा एशोसियट प्रदेशका महासचिव रोयल आचार्य, क्लवका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बिकास कार्की र क्लवका पूर्वअध्यक्ष प्रकास माथेमाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।
क्लवले फोटोपत्रकारहरुको क्षमता अभिबृद्धिका लागी विभिन्न कार्ययोजना बनाई बिषेश महत्वका साथ कार्य गर्दै जानेछ भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजिवी पत्रकारहरुको हकहितका लागी अझै सक्रिय भूमिका निभाउदै नेपाल पत्रकार महासंघको हरेक गतिविधीमा सक्रिय सहभागिता सहित क्लवले पैरवी गर्दै जाने निणर्य साधरण सभाले गरेको छ ।
यसैगरी निर्वाचित पश्चात बसेको पहिलो कार्यसमितीको बैठकले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि बिषेश धन्यवाद ज्ञापन गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports