सर्वदलिय वैठक निष्कर्स विहिन
वि.सं.२०७८ असोज १४ बिहीवार १३:२६
shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।अध्यक्ष ओली मात्र होइन, एमालेले नै सर्वदलीय बैठक बहिष्कार गरेको छ। बैठकमा नआउनेबारे एमालेले औपचारिक रूपमा जानकारी भने गराएको थिएन।एमाले अनुपस्थित रहेको सर्वदलीय बैठकमा संवाद र सहमतिअनुसार नै अघि बढ्नेबारे छलफल भएको थियो। बालुवाटारमा भएको बैठकमा संसदमा देखिएको गतिरोध अन्त्य गर्नेबारे कुराकानी भएको हो।
बैठकपछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताए।
सभामुखले गतिरोध अन्त्य गर्न रूलिङ गरेअनुसार प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक राखेका थिए।
कानुन मन्त्री कार्कीका अनुसार संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नेबारे आज छलफल भएको छ।
छलफलमा प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष ओली बैठकमा नआए पनि फेरिफेरि आफूले बोलाउने र त्यसबेला बैठकमा आएर ओलीले आफ्ना कुरा राख्ने विश्वास व्यक्त गरेका थिए।प्रतिनिधि सभामा ३३ विधेयक छ भने राष्ट्रिय सभामा २७ विधेयक छ। तर प्रक्रिया अगाडि बढेको छैन ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। कारबाही गरेका १४ सांसदको सूची टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेले सभामुखमाथि लगाउँदै आएको छ।
साथै एमालेले निरन्तर रूपमा संसद बैठक अवरूद्ध गर्दै आएको छ । आज भएको सर्वदलिय बैठकमा नेकपा एमाले सहित राप्रपा अनुपस्थित भएपछि बैठकले कुनै निष्कर्स निकाल्न सकेन ।



































