२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयको कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीबारे उजुरी गर्न आग्रह

143
shares

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधि विपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा जानकारी तथा उजुरी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ विपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिइसकेको जनाएको छ ।

मन्त्रालयका अनुसार बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीको व्यवस्था कार्यविधिमा स्पष्ट गरिएको छ । तर, पछिल्लो समय सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको भन्ने गुनासो प्राप्त भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले निर्देशन तथा कार्यविधिविपरीत सुरक्षाकर्मी खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

सुरक्षाको कामबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा सम्बन्धित सुरक्षाकर्मी वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरमा उजुरी गर्न सक्नेछन् । त्यसका लागि मन्त्रालयले ९८५१३६०६०३ नम्बर उपलब्ध गराएको छ । मन्त्रालयले उजुरी तथा सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports