देउवा, सापकोटा दुवैले वोके कलंकको कालो टिका
वि.सं.२०७८ असोज १५ शुक्रवार १५:२३
shares

काठमाडौँ । पाँच दलिय गवन्धन बनेर सर्वोच्च अदालतको परामदेश अनुसार असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा अहिले नैतिक संकटमा पर्दै गएका छन् । आफनो नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना सम्ममा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकिरहेको छैन भने पाँच दलिय गठवन्धन भीत्रै पनि समस्या देखिएको छ । ससद चल्न सकेको छैन । पाँच दलिय गठवन्धलाई विश्वास गर्न सक्ने आधार प्रधानमन्त्री देउवाले नदेखेका हुनाले नै ससदको अंग बनिसकेको भाद्र २ गते ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशलाई असोज ११ गते राष्ट्रपतिवाट खारेज गरीएको छ ।
संसदमा सरकारी पक्षमा बहुमत रहेपनि अध्यादेश राष्ट्रपतिवाट खारेज गराईएको छ । संसदले अध्यादेशलाई स्वीकार नै गरेको थिएन ।
सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने विद्येयक संसदमा पेश नै नगरी अध्यादेश ससद चलिरहेको वेला खारेज गरेको छ । त्यसरी सरकारले अध्यादेश खारेज गर्नुको प्रमुख कारण थियो । त्यही अध्यादेशको कारण जनता समाजवादी पार्टी पुन : विभाजन हुन सक्छ भन्ने आकलन गरेर पाँच दलिय गठवन्धनमा रहेका दलहरु मध्ये अहिले उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीमा विवाद उत्पन्न भएको र पार्टीले सरकारमा सहभागी हुन नाम पठाउदा मन्त्री हुन नपाएका सासदहरुले फेरि दल विभाजन गर्न सक्ने भन्दै अध्यादेश खारेज नभएसम्म जसपा सरकारमा सहभागी हुन चाहिरहेको थिएनन् । अध्यादेश कै कारण माधव नेपालले आफै पार्टी अध्यक्ष रहेर नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् भने महन्थ ठाकुरले पनि लोकतान्त्रिक जनता समाजवादी पार्टी दर्ता गराएका छन् ।
प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको पक्षमा बहुमत पु¥याउनैका लागि पार्टी विभाजन गर्न सहज होस् भनेर अध्यादेश ल्याइएका थिए । त्यही अध्यादेशका कारण मात्र देउवा नेतृत्वको सरकारका पक्षमा बहुमत रहेको छ ।
नेकपा एमालेमा रहदा माधव नेपाल समुहलाई नेकपा एमालेले कारवाही गरी उनीहरुको पद रिक्त रहेको सूचना जारी गर्न ससद सचिवालयमा पत्र पठाएको थियो तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट सभामुख अग्नी प्रसाद सापकोटाले एमालेको पत्रलाई दराजमा थन्काएर माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ता गरी सकेको भन्दै भाद्र १३ गते कारवाही गर्न नपर्ने निणर्य गरे । भाद्र ९ गते नै नेपाल र ठाकुरलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाण पत्र दिएको थियो । यसरी देउवाले मात्र होईन सभामुख सापकोटाले समेत आफ्नो भूमीका निभाउन नसकेर कलंकको कालो टिका लगाएका छन् ।


































