विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै

1.14K
shares

काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ । महाशाखाले दुई साताअघि पत्रकार सम्मेलनमार्फत ११ सय ९२ जना डेंगुको बिरामी पुष्टि भएको जनाएको थियो । तर, गएको दुई साताको अवधिमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिएर ३ हजार नाघेको हो ।

महाशाखाका अनुसार सबैभन्दा बढी डेंगुका बिरामी सुनसरी जिल्लामा पुष्टि भएको छ । सुनसरीमा १५ सय ७१ जना सङ्क्रमित रहेको महाशाखाको भनाइ छ । यस्तै, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाडौँमा ४६, कञ्चनपुरमा ३९ भक्तपुरमा ३५, म्याग्दीमा ३२, झापामा पनि ३२ जना डेंगुका बिरामी रहेका छन् । नेपालमा अझै सङ्क्रमित बढ्ने विज्ञहरूको भनाइ छ ।

२०७९ सालमा वैशाख महिनादेखि डेंगु रोगका बिरामीहरूको सङ्ख्यामा वृद्धि भई भदौ, असोज र कार्तिक महिनामा देशका ७७ वटै जिल्लाहरू सङ्क्रमण पुष्टि भएको थियो । जसमा काठमाडौँ उपत्यकासहित १० भन्दा बढी जिल्लाहरूमा डेंगु प्रकोपको रूपमा देखा परेको थियो । २०७९ साल पुस मसान्त सम्ममा ५५ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका थिए । यस्तै ८ जनाको मृत्यु भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports