विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालकृष्ण खाँण माथि राज्यले ठूलो अन्याय गरेको छ : महेन्द्र यादव

507
shares

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टीका नेता बालकृष्ण खाँण माथि राज्यले ठूलो अन्याय गरेको बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए ।

‘हाम्रो आदरणीय नेता, नेपाली कांग्रेसका जुझारु नेता बालकृष्ण खाँणलाई राज्यले फसाएको छ, उहाँमाथि राज्यले ठूलो अन्याय गरेको छ । अहिलेसम्मको अनुसन्धानबाट न कुनै जाहेरी छ, न उहाँलाई कसैले पोलेको छ, न कुनै प्रमाण भेटिएको छ’ उनले भने, ‘तर थप मुद्दा राजद्रोह पनि लगाइएको छ । ठगी मुद्दामा राजद्रोह लगाउृने हो भने दिनमा १०/२० वटा राजद्रोहको मुद्दा लाग्छ ।’

सहमहामन्त्री यादवले खाँणमाथि अभियोगमात्र लागेको तर प्रमाणित नभएकाले कसुरदार जस्तो व्यवहार गर्न नहुने बताए । खाँणले पार्टीका नेता कार्यकर्ताको धेरै संरक्षण गरेको भन्दै यादवले उनलाई दुख पर्दा सहयोग गर्नुपर्ने बताए । ‘तपाईंले एक लाठी खाँदा उहाँले गएर छोप्नुहुन्थ्यो । उहाँले पनि धेरै दुख गरेर आउनुभएको छ, धेरै लााठी खाएर आउनुभएको छ । सक्नुहुुन्छ भने सहयोग गरौं, सक्नुहुन्न भने असहयोग नगरौं । उहाँ हाम्रो परिवारका साथी हो’ सहमहामन्त्री यादवले भने । उनले अदालतले खाँणलाई निर्दोष सावित गर्ने आशा पनि व्यक्त गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports