गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो दिनमा नागरिकमा निराशा एकदम डरलाग्दो छ : महामन्त्री गगन थापा

949
shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो दिनमा नागरिकहरुलाई भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको बताएका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा थापाले नागरिकमा निराशाको क्रम बढेको बताए । ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ,’ थापाले बैठकमा भने, ‘गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।’

भोलि राम्रो हुनेमा विश्वास नागरिकमा नभएको उनले बताए । ‘यो निराशा एकदम डरलाग्दो छ । निराशाको व्यापार एकदम राम्रो छ । त्यस्तो व्यापार गर्नेहरु हाम्रो वरिपरि जताततै छन्,’ थापाले भने । महामन्त्रीका रुपमा प्रस्तुत गरिएको प्रतिवेदनमा कतिपयले लान्छना लगाएको उल्लेख गर्दै त्यसलाई वेवास्ता गर्ने सोच बनाएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports