linktrix Long Ad
Salt Trading Long Ad

नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ : अर्थमन्त्री महत

663
shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तस्करी वा अन्य अवान्छित गतिविधि नियन्त्रणमा सबै सरकारी निकायको समन्वयात्मक भूमिका आवश्यक रहेको बताएका छन् । करिब एक क्विन्टल सुन प्रकरणमा पनि एउटा सरकारी निकायको सूचनाको आधारमा अर्को सरकारी निकायले बरामद गरेको भन्दै उनले निराश नभइ समन्वयात्मक ढंगले काम गर्नुपर्ने बताए ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको स्थलगत अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री महतले विमानस्थलमा रहेका राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नागरिक उड्डयन प्राधिकरण बीच राम्रो समन्वय भए अपराध न्यीनकरण हुने बताए । त्यस सँगै त्यहाँ जडित प्रविधिलाई पनि समयअनुकूल स्तरोन्नती गर्नुपर्ने उनको भनाइ छ । प्रविधिलाई स्तरोन्नती गर्नका लागि चाहिने कुराहरुमा पनि अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने मन्त्री महतले बताए ।

‘एउटैको भूमिकाले पूरा नतिजा आउँदैन । नाकालाई दुरुपयोग गर्ने, तस्करी गर्ने, अवैध कारोबार गर्ने प्रवृत्तिलाई टोटल रोक्नका लागि सबै निकायको समन्वयकारी भूमिका आवश्यक छ,’ मन्त्री महतले भने, ‘कुनै बहानामा हामीले उदासिनता देखाउने या आ-आफ्नो जिम्मेवारीमा क्रियाशील नहुने मान्य हुन सक्दैन ।’ अनुगमनको क्रममा यिनै विषयमा आफूले छलफल गरेको र सरकारी अधिकारीहरुले समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए ।

‘आउँदा दिनमा कुनै पनि छुट, कुनै पनि तहबाट, कुनै पनि बहानामा हुन नदिनेतर्फ सम्पूर्ण प्रयास उहाँहरुले गर्नुहुन्छ, भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।त्रिभुवन विमानस्थल भन्सारबाट क्विन्टल सुन कसरी बाहिरिन सफल भयो भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले जानकारी गराए । स्वतन्त्र रुपमा अनुसन्धान प्रक्रिया अघि बढिरहेको भन्दै उनले त्यसमा अर्थ मन्त्रालयले पूरा सहयोग गर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports