प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालमा लुट्दै आईल्याणडमा रकम थुपार्ने को को हुन् नेपाली ।

676
shares

 

काठमाडौँ गैर कानुनी रुपमा धन कमाएर धन लुकाउन सजिलोे मानिने ट्याक्स हेमन मुलुकमा कम्पनी खोलेर केही नेपाली धनाढयहरुले लगानी र शेयर खरिद विक्रि गरेको विषयमा विस्तृत रिर्पोट सार्वजनिक भएको छ । अन्तराष्ट्रिय खोज पत्रकारहरुको सञ्जाल आईसीआइजेको संयोजनमा खोज पत्रकारीता केन्द्र (खोपको ) नेपालले सार्वजनिक गरेको एउटा रिपोर्टमा केही व्यक्ति र केही व्यापारिक धरानाले अफसोर कम्पनी खोलेर गोप्य लगानी गरीरहेको उल्लेख गरीएको छ ।

विगतमा पनि पानामा पेपर्स प्याराडाइज पेपर्स फिनसेन फाइल्स सार्वजनिक गरेको र्आइजेले यस पटकको रिपोटिङ्गलाई प्यान्डोरा पेपर्स नाम दिएको छ । यसलाई हालै सम्मको सबै भन्दा ठूलो भनेको छ । १ सय १७ देशका ६०० सय भन्दा बढी पत्रकारहरुको सहभागीतामा खोपको तर्फवाट पत्रककार कृष्ण आर्चाय र रामु सापकोटा सहभागी भएका थिए । ९० देशका ३३० भन्दा धेरै राजनितिक कर्मी विभिन्न देशका राष्ट्रपति प्रधानमन्त्री, मन्त्रीहरु, व्यवसायी, उद्योगी, सरकारी कर्मचारी, सेलिबे्रटी र अपराधमा समलग्न भएकाहरुले समेत अफसोर खाता र सेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाईरहेको दावी प्यान्डोरा पेपर्समा गरीएको छ । नेपालका भने राजनितिक, सरकारी अधिकारी, सेलिव्रेटी र अपराधमा संलग्न व्यक्तिहरुको लगानी नभएको भेटिएको छ ।

कर प्रणाली पारदर्शि नहुने र जवाफदेहीता नखोजिने ट्यान्स हेमन मुलुक व्रिटिस भर्जिन आइल्यान्डसमा नेपालका एकमात्र डलर अरवपति तथा प्रतिनिधिसभाका सदस्य विनोद चौधरी र उनको परिवारका सदस्यहरुको नाममा कम्पनी खोली विभिन्न देशमा कारोवार गरेको प्यान्डोरा पेपर्समा उल्लेख गरिएको छ । ति कम्पनीहरुमा विनोदकी श्रीमती सरिकादेवि र उनका तिनवटा छोरा निर्वाण, बरुण र राहुलका नाममा रहेका छन् । त्यसैगरी अर्को ठूला व्यापारी धरानका गोल्छा अर्गनाईजेसनले पनि त्यहाँ कम्पनी खोलेर कारोवार गरीरहेको छ । गोल्छा अर्गनाईजेसनका लोकमान गोल्छा उनका दिवगत भई सकेका दुई भाई, उनीहरु काका छोरा चन्द्रकुमार गोल्छा, दिवाकर गोल्छा, हितेश गोल्छाका नाममा पनि आइसल्याडमै कम्पनी खोलेको रिर्पोटमा उल्लेख छ ।

केही समय पहिला प्रकाशित भएको खोपका रिर्पोटमा अजय सुमार्गी , अर्जुन प्रसाद शर्मा र किशोर रानाको लगानीमा थप कम्पनी खोलिएका रिर्पोटमा उल्लेख गरिएको छ । यस वाहेक राजेन्द्र शाक्य, सुहुदर्शन घिमिरे पुरुशोत्तम पौडेल सुधिर मित्तल र भारतीय नागरिक राधेश्याम शराफको नाम र विवरण पनि रिपोर्टमा उल्लेख भएकोले अब नेपाल सरकाले त्यस्को खोजवीन गरी त्यहाँ रहेको सम्पूर्ण रकम नेपालमा ल्याउनु पर्ने आवश्यकता देखिन्छ । के कम्फर्टेवल सरकारले चौधरी लगायत समार्गीको रकम नेपाल ल्याउन पहल गर्लात ?

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports