linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको केन्दीय कार्यालय खाली गराउन सोमबार सम्मको म्याद दियो काठमाडौं महानगरपालिकाले

897
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराही स्थित केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ । महानगरका कर्मचारीहरुले कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए । राप्रपाका मुख्यसचिव केदारबहादुर अधिकारीले महानगरका कर्मचारीहरुले भवन खाली गर्न भने पनि कारण नखुलाएको बताए ।

‘उहाँहरुले माइकिङ गर्नुभएको थियो, तर लिखित रुपमा केही पनि दिनुभएको छैन । हामीले केकति कारणले खाली गर्नुपर्ने भनेर लिखित पत्र मागेका छौं,’ अधिकारीले भने । उनले हाइटेन्सनमुनि थुप्रै घरहरु रहेकाले राप्रपाको मात्रै खाली गराउने कुरा उपयुक्त नरहेको बताए । ‘हाम्रै वरिपरी धेरै घरहरु हाइटेन्सनमुनि छन्, तर किन हो हाम्रोमा मात्रै माइकिङ गरेर जानुभयो,’ अधिकारीले भने ।

धुम्बाराहीमा करिब १० आना क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्शापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर-जग्गा प्रयोग गर्न दिएता पनि नक्शापास नहुनाले राप्रपाको नाममा आएको छैन । नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि नगरिएको अधिकारीले बताए । यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports