प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई पत्रकारले पाए यस वर्षको नोवेल पुरस्कार

702
shares

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्सकी मारिया रेसा र रुसका डिमिट्री एन्ड्रियेभिक मुरोटोभलाई दिइने भएको छ । शुक्रबार नर्वेजियन नोबेल कमिटीले उनीहरुलाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । उनीहरु दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि गरेको प्रयासलाई सम्मान गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिन लागेको हो । अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दीगो शान्तिको पूर्व शर्त रहेको कमिटीले बताएको छ ।

मारिया रेनाले फिलिपिन्समा सरकारको शक्ति दुरुपयोग, हिंसाको प्रयोग र अधिनायकवादविरुद्ध अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकी थिइन् । सन् २०१२ मा उनले खोजमूलक पत्रकारको डिजिटल कम्पनी रापलरको स्थापना गरेकी थिइन्, जसको नेतृत्व अहिले पनि उनैले गरिरहेकी छिन् । पत्रकार तगा रापलरको सीईओको रुपमा उनले अडिग रहँदै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आएकी छिन् ।

डिमिट्री मुराटोभले पनि लामो समयदेखि चुनौतीपूर्ण अवस्थामा पनि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लड्दै आएका छन् । सन् १९९३ मा उनीसहितको टोलीले स्वतन्त्र अखबार नोभाजा गाजेटा खोलेका थिए । १९९५ पछि उनी २४ वर्षसम्म उक्त पत्रिकाको प्रधान सम्पादक रहे । सुरुआतदेखि नै नोभाजा गाजेटाले आलोचनात्मक आलेखहरु प्रकाशित गर्ने गरेको थियो । जसमा भ्रष्टाचार, प्रहरी हिंसा, अवैध पक्राउ, निर्वाचनमा धाँधलीजस्ता विषयलाई प्राथमिकतामा पर्थे ।

नोभाजा गनजेटालाई लक्षित गरी रुसमा दुव्र्यवहार, धम्की, हिंसा र हत्यासम्मका घटना भएका छन् । पत्रिका सुरु भएयता यो पत्रिकाका ६ जना पत्रकार मारिइसकेका छन् । हत्या तथा धम्कीका घटनाबाट पनि विचलित नभएका प्रधानसम्पादक मुराटोभ पत्रिकाको स्वतन्त्रताको नीतिलाई सदैव अघि बढाएका थिए । प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइँदै आएको छ । यस वर्षको लागि चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भइसकेको छ भने अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुन बाँकी छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports