प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पर्सामा प्रदीप यादवलाई मन्त्री नवनाएको भन्दै जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाईयो

741
shares

 

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिन थालेको हो । पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताहरूले हिजोदेखि पर्सामा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाइएको छ ।

असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । आज अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल र्याली निकालिएको छ । प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् । उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् । प्रदर्शनमा सांसद प्रदीप यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रुपमा चुकेको आरोप लगाए । मधेस आन्दोलनको उद्दगमस्थल र आन्दोलनको आँधीबेहेरी ल्याउने स्थानलाई नजर अन्दाज गरेको आरोप लगाउँदै यादवले फोरम नेपालको स्थापनादेखि बलिदान र योगदान दिँदै आएको वीरगञ्ज फेरि ठगिएको आरोप लगाए । उनले भने, ‘पर्सामाथि अन्याय भएको छ, त्यसको नतिजा पार्टीका शीर्ष नेतृत्वले भोग्नुपर्छ ।’ यता, सर्लाहीबाट चुनाव जितेका प्रमोद साह पनि अगामी कदमबारे आफु निकट नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गरिरहेका छन् । जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो । राष्ट्रपति कार्यालयमा मन्त्रीहरुको सूची पठाउने क्रममा उनको नाम हटाएर महेन्द्रराय यादवको नाम समावेश गरिएको थियो । आफ्नो नाम हटाएपछि आक्रोशित भएका साहले जसपाको नेतृत्व पंक्तिप्रति गम्भीर प्रश्न उठाएका छन् ।

उनले नेतृत्वले पार्टीमा गरेको योगदानको कदर नगरेको अनुभूति आफूलाई भएको बताए । पार्टी नेतृत्वले गरेको निर्णय एकल जातीय अहंकारवाद र दमन शोषणको नमूना रहेको उनको आरोप छ । उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षद्वयज्यूले मन्त्रीमण्डलमा समावेश हुनेहरूको नाम समावेशी सिद्धान्तका आधारमा गर्नुपर्ने थियो । तर टुंगो लगाइँदा एकल जातीय सोच र व्यक्तिवादी चरित्र देखियो ।’

मन्त्रिपरिषद विस्तारपछि जसपामा असन्तुष्टहरु गोलबन्द हुँदै गएको सो पार्टीका एक नेताले बताए । उनले भने, ‘यसपटक पनि पार्टीभित्रको असन्तुष्टि उपेन्द्र यादवको नियन्त्रणभन्दा बाहिर छ ।’ उनका अनुसार उपेन्द्र यादवलाई कुनै शक्तिले साथ नदिए यसपटक पनि पार्टी बचाउन मुस्किल हुनेछ । सबैभन्दा बढी असन्तुष्टि महन्थ ठाकुर पक्ष छाडेर आएका नेताहरुमा देखिन्छ । महन्थ ठाकुर पक्ष छाडेर आएका अधिकांश नेताहरुलाई मन्त्री पदको प्रलोभन दिइएको थियो । त्यसमध्ये महेन्द्रराय यादवलाई मात्र मन्त्री बनाइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports