linktrix Long Ad
Salt Trading Long Ad

उद्योग मन्त्री हमालले राजीनामा दिने तयारी

806
shares

 

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिने बताएका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा दिने तयारी उनको छ । आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका हुन् । बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए ।

उनी सांसद पनि छैनन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन् । मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ । उनी असोज २२ गते मन्त्री नियुक्त भएका थिए । उनी मन्त्री भएपछि कानुन विदहरूले पनि विरोध गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports