kumari
stcnepal

भारतसँग नेपाल १–० ले पराजित,

काठमाडौँ । माले : जारी साफ च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशलामा आइतबार राति भएको खेलमा नेपाल पराजित भएको हो ।

पराजित भएसँगै लगातार दुई खेल जितेको नेपालको फाइनल यात्रा कठिन भएको छ। पाँच टोली मात्र सहभागी भएको च्याम्पियनसिप सिङ्ग राउन्डरोबिनमा खेलाइएको छ । राउन्ड रोबिनमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् ।

खेलको पहिलो हाफ गोलरहित सकिएको थियो। अन्तिम ८ मिनेट नेपालले रोक्न नसक्दा गोल हुन पुगेको हो । भारतलाई जिताउने कप्तान सुनिल क्षेत्रीले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए । उनले फरुख चौधरीको हेड पासको सदूपयोग गर्दै गोल गरेका हुन्।
यो जितसँगै समान तीन खेल खेलेको भारतको ५ अंक भएको छ भने नेपालले ६ अंक जोडेको छ ।

फाइनल पुग्न नेपालले अब बुधबार हुने खेलमा बंगलादेशलाई कम्तिमा बराबरीमा रोक्नुपर्ने छ । नेपाल र बंगलादेशको खेल बराबरी भएमा भारत र माल्दिभ्सले बढीमा १–१ गोलको बराबरी वा स्पष्ट हारजितको नतिजा निकाले नेपाल फाइनलमा पुग्ने छ ।

footer