kumari
stcnepal

दिल्लीलाई हराउदै चेन्नाई फाइनलमा

 

काठमाडौँ । चेन्नाई सुपर किंग्स इन्डियन प्रिमयर लिग (आईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नाई फाइनल पुगेको हो । रुतुराज गायकवाड र रोविन उथापाले अर्धशतक प्रहार गरेपछि दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले १९.४ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो ।

ओपनर गायकवाडले ५० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाए । यस्तै उथापाले ४४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले ६ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा अविजित १८ रन जोडे । मोइन अलीले १६ रन योगदान गरे । दिल्लीका टम करनले ३ तथा आभेष खान र एनरिक नोर्कियले समान १ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर पृथ्वी शा र कप्तान ऋषभ पन्तको अर्धतशक मद्दतमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । पृथ्वीले ३४ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ६० रन बनाए । कप्तान पन्तले ३५ बल खेल्दै ३ चौका र २ छक्का मदेदतमा अविजित ५१ रन बनाए ।

शिमरोन हेतमायरले ३७ रन जोडे । चेन्नाईका जोस हाजलउडले २ तथा रविन्द्र जडेजा, मोइन अली र ड्वाने ब्राभोले समान १ विकेट लिए । चेन्नाई फाइनल पुग्दा दिल्लीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्सबीच सोमबार हुने एलिमिनेटर खेलको विजेतासँग दिल्लीले दोस्रो क्वालिफार खेल्नेछ ।

 

 

 

 

 

footer