kumari
stcnepal

एमाले नै ठूलो पार्टी हुन्छ –पौडेल

काठमाडौँ । नेपाली काग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेमा पार्टी विभाजनको असर नपरेको वताउदै अहिले कै अवस्थामा नेकपा एमालेसग लड्न नसकिने वताउनु भएको छ । आज धादिङमा भएको नेपाली काग्रेसले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले उक्त कुरा वताउनु भएको हो । पार्टीका महामन्त्री डा. शशाक कोइरालालाई साथमा राखेर उनले आउँदो निर्वाचनमा नेकपा एमाले नै पहिलो पार्टी वन्न सक्ने उदघोष समेत गरेका छन् ।
काग्रेस जति समयसम्म सत्तामा वस्छ त्यति नै घाटा काग्रेसलाई हुने भएकाले महाधिवेशन पछि ताजा जनादेशमा जानुपर्ने माग उनले पार्टी नेतृत्वसग गरेको हाम्रा प्रतिनिधिले वताएका छन् ।

 

footer