प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको मूर्ति

611
shares

 

काठमाडौँ ।गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको १८ सय किलोग्राम तौलको बुद्ध मूर्ति राखिने भएको छ ।बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको बुद्धको मूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो । फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो ।उक्त मूर्तिलाई शनिबार भैरहवा बजार परिक्रमापश्चात गौतमबुद्ध विमानस्थलमा ल्याएर राखिएको छ । ६ महीना लगाएर भिक्षुहरुले कुदेको उक्त बुद्ध मूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरेको हो ।
एक हजार ८ सय किलोग्राम तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्ध मूर्तिको कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ ।
फाउण्डेसनले विश्वका १६ देशमा यस प्रकारका मूर्ति पठाइएको जनाइएको छ । मूर्ति म्यानमारका खानी उद्योगीले उपलब्ध गराएकाले फाउन्डेसन वा नेपाल सरकार कसैको नगद लगानी भने नभएको फाउन्डेसनका महासचिव एकराज गिरीले बताएका छन् ।
म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो । मूर्ति १२ हजार अमेरिकी डलर ढुवानी चार्ज तिरेर म्यान्मारबाट नेपाल ल्याइएको हो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports