प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायाधिशहरुले आज पनि गरे इजलास वहिष्कार

832
shares

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् ।

सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरेर पेसीको अवज्ञा गर्दा प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् । अन्य न्यायाधीशहरूले राजीनामा माग गरिरहदा प्रधानन्यायाधीश भने राजीनामा नदिने र सक्छौ भने महाभियोग लगाएर हटाउ भन्दै चुनौती दिइरहेका छन् ।

बिहीबार प्रधानन्यायाधीश जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् ।
सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका न्यायाधीशहरूले भने समय कटाउनकै लागि भएपनि आज पनि बैठक राखेका छन् । उनीहरुले प्रधानन्यायाधीशले तोकेका पेसी बहिष्कार गरिरहेका छन् । अन्य न्यायाधीशहरूले गत आइतबारदेखि कुनैपनि मुद्दाको सुनुवाई गरेका छैनन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports