सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हत्यापछि फरार युवक पक्राउ

780
shares

काठमाडौं – ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो ।

२०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।

मूर्तिको काम गर्ने ३३ वर्षीय खड्कालाई साउन २५ मा जय सिंगार सहितको समूहले कुटेर हत्यागरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहित ५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

फरार मध्येका मकवानपुरगढी गाउँपालिका–१ फुलबारी घर भएका जय सिंगारलाई कार्तिक १० मा अपराध महाशाखाको टोलीले च्यासलबाट पक्राउ गरेको हो । महाशाखाले अभियुक्तलाई कानुनी कारबाहीका लागि ललितपुर परिसरमा पठाएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports