न्यायाधीश र वकिलको सम्पत्ति छानबिन होस्
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार ११:२५
shares

काठमाडौं । न्यायालयमा भ्रष्टाचार बढेको कुरा छताछुल्ल भइसक्यो । न्यायाधीशलाई प्रभावमा पारेर वकिलहरुले नै विचौलियाको काम गर्ने कुरा पनि सबैले थाहा पाइसके ।
न्यायाधीश नियुक्त गर्ने र मुद्दाको पेशी तोक्दा नै सेटिङ मिलाउने कुरा पनि आइसके । फैसला गर्ने न्यायाधीशले कानुन अनुसार फैसला गर्नुपर्नेमा चित्तमा लागेकोले फैसल गर्न थाले । नैतिक प्रश्न र नैतिक भ्रष्टाचार, नीतिगत रुपमा अनियमितता बढेका छन् ।
यसकारण सवाल प्रधानन्यायाधीशले राजीनामा दिने, महाभियोग लगाउने कुरामा सिमित छैन । सवाल न्यायाधीशहरुको सम्पत्ति र वकिलहरुको सम्पत्ति विवरणको पनि छ । न्यायाधीश र वकिलको सम्पत्ति छानबिन किन नगर्ने ?
वकिल र न्यायाधीशहरु रातारात कसरी लखपति, करोडपति, अर्वपति बन्छन् । यसको सिधा जवाफ हो, सेटिङ र अन्यायमा साझेदारी । कानुनप्रति जनताको विश्वास जगाउनका लागि समेत कानुनचीहरुको सम्पत्ति विवरण स्पष्ट हुनु जरुरी भइसकेको छ ।

































