kumari
stcnepal

सम्भव होला त वैर्तनी तर्ने दाउँ

काठमाडौँ ।सत्ताधारी दल माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकै पटक गर्ने प्रस्ताव र संघीय ससदको प्रमुख विपक्षी दल नेकपा एमालेको अर्ली इलेक्सनको मागलाई लिएर सम्भावित चुनावी गठवन्धनका वारेमा सत्ताधारी दलभित्र विचार विमर्श सुरु भएको छ । अहिले अनौपचारिक छलफल भएपनि दलहरुको महाधिवेशन÷राष्ट्रिय सम्मेलन पार्टी निर्माण, पुनः निर्माण अभियान सकिए लगतै गठवन्धनलाई निष्र्कषमा पुयाउने योजनामा दलहरु रहेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा अहिलेको गठवन्धनलाई चुनावसम्म सँगै लैजाने पक्षमा रहेका छन् भने काग्रेसले भने त्यसलाई जोड घटाउ गर्न लागि परेको छ । कांगे्रसका वरिष्ठ नेताहरुले आउदो निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जाने वताइरहेका वेला अन्य दलहरु भने काग्रेसले समेत गठवन्धनलाई तोड्न नहुुने वताउँदै आएका छन् ।

गत स्थानीय निर्वाचनमा माओवादीसँग गठवन्धन गर्दा आफुलाई खासै फाइदा नभएको काग्रेसको ठहर रहेको छ । तर संघको निर्वाचनमा भने काग्रेसका सभापति शेरवहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाका राष्ट्रिय परिषद अध्यक्ष डा. वावुराम भट्टराईका लागि भने तालमेल गर्ने प्रयासमा माओवादी केन्द्रका अध्यक्ष र माधव नेपालका लागि परेका छन् । उनीहरुका अनुसार कम्तिमा शिर्ष नेताहरुको साख जोगाउन त्यस्तो तालमेल गर्नुपर्ने उनीहरुले वताउँदै आएका छन् । शिर्ष नेताहरुलाई एक्लाएक्लै निर्वाचनमा जादा पराजित हुने डरले गर्दा नै उनीहरु तालमेलको प्रयासमा लागेका हुन् । सत्ताधारी दलभित्र पहिला कुन तहको निर्वाचन गर्ने भन्नेमा एकमत हुन सकेको छैन । कुन तहको निर्वाचन पहिला गर्ने भन्नेमा सहमति भएपछि चुनावी तालमेल हुन सक्ने सम्भावना रहेको छ ।

नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिमा शेरवहादुर देउवाले नै निर्वाचन जितुन् भन्नेमा दाहाल, नेपाल र यादव लागि परेका छन् । देउवासँग सहकार्य गर्न सहज हुने उनीहरुको बुझाई रहेको छ । तर प्रधानमन्त्री देउवाले भने नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग र एमालेका अन्य नेताहरुसँग वढाएको संवादले गर्दा उनीहरु संशकित हुन पुगेका छन् । काग्रेसको महाधिवेशनवाट आन्तरिक शक्ति सन्तुलन हेरफेर भएमा त्यस्को घाटा माओवादी र एकीकृत समाजवादीले व्यहोर्नुपर्ने भएकाले उनीहरु कुनै सर्तमा पनि कांग्रेसको आन्तरिक शक्ति शन्तुलन नफेरियोस् भन्ने पक्षमा रहेको काग्रेसका एक नेताले वताएका छन् । यसरी माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेसका पुच्छर समाएर वैर्तनी तर्न खोजिरहेका छन् रे, के त्यो सम्भव होला त ?

footer