तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मध्य भोटेकोशीको आइपीओ खुल्यो

494
shares

मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आज (१० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर विक्रीमा ल्याएको हो ।निष्काशित कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा सर्वसाधारणले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक ३ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । सोमध्ये पहिलो चरणमा सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता सेयर जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयरएनपी डबल बी आईएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम रहेको जनाउँदछ।कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकहरुमा सिभिल क्यापिटल मार्केट, एनआइबीएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआइएल क्यापिटल मार्केट रहेका छन्।आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports