सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस पार्टी बूढो भयो, महाधिवेशन गर्ने क्षमता गुमाइसक्यो :केपी ओली

741
shares

 

काठमाडौं -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले महाधिवेशन गर्ने क्षमता नै गुमाइसकेको टिप्पणी गरेका छन् ।सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चावहिलमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महाधिवेशन नै गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।

एमालेले ६ हजार ३४५ जना प्रतिनिधि सहभागी गराएर भव्य रुपमा विधान महाधिवेशन सम्पन्न गरेको र लगत्तै दशौं राष्ट्रिय महाधिवेशन गर्न लागेको तर, कांग्रेसले विभिन्न समयमा थपेको समयमा पनि महाधिवेशन गर्न नसकेको ओलीले बताए ।कांग्रेसले पाँच वर्षमा महाधिवेशन गर्न नसकेर विभिन्न समयमा मिति थप्दै सार्दै गरेको तर, महाधिवेशन गर्न नसक्ने भएको ओलीको टिप्पणी थियो ।

ओलीले भने, ‘पाँच वर्षभित्रमा गर्नुपर्ने नसक्ने, ६ महिना थप्यो त्यसबेला गर्न नसक्ने, निर्वाचन आयोगले दिएको ६ महिनाको समयमा महाधिवेशन गर्न नसक्ने । महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेसमा गुम्यो । कांग्रेस पार्टी बूढो भयो । विचार बुढो भयो ।’समयमा महाधिवेशन नै गर्न नसक्ने कांग्रेस एमालेसँग प्रतिस्पर्धाको लागि समेत योग्य नभएको ओलीको भनाइ थियो ।सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports