सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१५ विकास बैंकले गरे पहिलो त्रैमासमा करिब २ अर्ब मुनाफा

611
shares

 

काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत १५ विकास बैंकले चालु आर्तिक वर्षको पहिलो त्रैमासमो वित्तीय विवरण सार्वजनिक गरेका छन् । असोज मसान्तसम्म यी १५ बैंकले २ अर्ब बढि मुनाफा गरेका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार विकास बैंकहरुले त्रैमास सकिएको पहिलो महिनाभित्रमा सवित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।

सोहीअनुरुप १५ वटा क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १५ वटा विकास बैंकहरुले आफ्नो अपष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

हाल वित्तीय विवरण सार्वजनिक गर्ने विकास बैंकहरुमध्येमा सबैभन्दा बढि मुनाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । बैंकले असोज मसान्तसम्म ३४ करोड ५५ लाख मुनाफा गरेको छ ।

त्यस्तै,महालक्ष्मी विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा २३ करोड पाँच लाख ३४ हजार रुपैयाँ मुनाफा, ज्योति विकास बैंकले २१ करोड ७८ लाख ५५ हजार रुपैयाँ मुनाफा, लुम्बिनी विकास बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ मुनाफा गरेको छ ।

यसैगरी गरिमा विकास बैंकले पनि पछिल्लो त्रैमासमा १८ करोड ४४ लाख १९ हजार रुपैयाँ,, कामना सेवा बिकास बैंकले १७ करोड ५७ लाख ४७ हजार रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ४४ लाख ३१ हजार रुपैयाँ, कर्णाली, मितेरी र एक्सेल डेभलपमेन्ट बैंकले भने पछिल्लो त्रैमासमा क्रमशः २२ लाख ७० हजार, दुई करोड ४३ लाख ४२ हजार र एक करोड ८२ लाख ९९ हजार रुपैयाँ मुनाफा गरेका छन् ।

ग्रिन र कर्पोरेट डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः ६ लाख १६ हजार र ११ लाख १५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । त्यस्तै, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको खुद मुनाफा भने क्रमशः ६६ लाख ६९ हजार र नौ लाख ११ हजार रुपैयाँ मुनाफा गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports