२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानन्यायाधीश विरुद्ध बारले घोषणा गर्‍यो फेरी अर्को चरणको आन्दोलन

988
shares

 

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएनले भोलि सोमबार कालोपट्टी बाँधेर विरोध जनाउने भएको छ। बारका महासचिव लीलामणि पौडेलले सोमबार बिहान साढे १० बजे कालोपट्टी बाँधेर विरोध जनाउने बताए।

न्यायपालिकामा रहेको विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रणका लागि समय–समयमा चालेका कदममा साथ, समर्थन र सहयोग गरेको भन्दै कानुन व्यवसायीलाई बारले धन्यबाद दिएको छ। यसअघि बारले कार्तिक १४, १५, १६ र १७ गते सर्वोच्च अदालत केन्द्रित कालोपट्टी सहितका विरोध कार्यक्रम गरिसकेको छ।

बारले ९० इकाईहरुसँग छलफल पनि थालेको छ। सो छलफलपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासचिव पौडेलले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports