२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१३३ कम्पनीले लिए इन्टरनेट बेच्ने अनुमति, यो वर्ष थपिए ६ वटा

1.33K
shares

काठमाडौं । मुलुकमा इन्टरनेट बिस्तार बढ्दै जाँदा इन्टरनेट सेवा प्रदायकको संख्या पनि उल्लेख्य वृद्धि भएको छ ।नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउने भनेर अनुमति लिने कम्पनीको संख्या १ सय ३३ पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणबाट असोज महिनासम्म अनुमति लिने इन्टरनेट सेवा प्रदायकको संख्या १ सय ३३ पुगेको हो ।

पछिल्लो ६ महिनामा मात्र ६ कम्पनीले अनुमतिपत्र लिएका छन् । वैशाखदेखि यता अनुमति लिने इन्टरनेट सेवा प्रदायकहरुमा खप्तड नेट, स्विफ्ट नेट एण्ड कम्युनिकेसन, डीजी लिंक नेटवर्क, युनिट नेटवर्कस्, इनोभेसन कम्युनिकेसन सिस्टम र आइटेल नेटवर्क रहेका छन् ।१ सय ३३ वटाले इन्टरनेट सेवा दिन भनेर अनुमतिपत्र लिएको भए पनि अहिलेसम्म ४४ वटा सञ्चालनमा आएका छन् ।

कोरोना भाइरस संक्रमण फैलिएसँगै अनलाइनमा आधारित काम, अनलाइन कक्षा सञ्चालन बढ्यो । यसले गर्दा इन्टरनेटको मागमा वृद्धि भएसँगै नयाँ कम्पनी थपिने क्रम पनि बढेको छ ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले ग्रामीण क्षेत्रमा पनि इन्टरनेट बिस्तार भइरहेकाले नयाँ ग्राहक थपिनेक्रम बढेको बताए । नयाँ ग्राहक थपिने क्रम बढेपनि बजारमा तीव्र प्रतिस्पर्धा रहेको उनको भनाइ छ ।

‘इन्टरनेट चलाउन ग्राहकको संख्या वृद्धि भए पनि प्रतिस्पर्धा चर्को छ,’ पराजुलीले भने, ‘नयाँ कम्पनी थपिने क्रम बढेकाले व्यवसायमा मार्जिक धेरै कम हुदै गएको छ ।’ कतिपय ठाउँमा अस्वस्थ प्रतिस्पर्धा बढेको व्यवसायीहरु बताउँछन् । कम्पनीहरु गुणस्तर सेवा दिनभन्दा पनि नयाँ ग्राहक थप्नमा होडबाजी गरिरहेको कतिपय व्यवसायीको भनाइ छ ।

प्राधिकरणले सार्वजनिक गरेको भदौ महिनाको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम ९एमआइएस० रिपोर्टअनुसार हाल संचालनमा रहेका ४४ इन्टरनेट सेवा प्रदायकहरुले पछिल्लो एक वर्षको अवधिमा ५ लाख ८ हजार ४ सय ११ ग्राहक थपेका छन् । इन्टरनेट सेवा प्रदायकका कुल ग्राहक संख्याभन्दा १७ लाख ४२ हजारभन्दा धेरै पुगिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports