सकियो काग्रेसमा क्रियाशिल सदस्यताको विवाद
वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:४२
shares

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बुधबार रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेसँगै देशभरका ७७ वटै जिल्लामा क्रियाशील सदस्यता टुंगो लागेको हो । काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता टुंगो लागेको बताए । २७–२९ मंसिरमा तोकिएको कांग्रेस महाधिवेशनको तयारीअन्तर्गत रौतहटमा क्रियाशील सदस्यतामा विवाद देखिएको थियो ।
तर त्यसलाई समाधान गरेर आज नामावली सार्वजनिक गरिएको सूचना अधिकारी अधिवक्ता केशव रिजालले जानकारी दिए । यता कांग्रेस रौतहटका केही नेता कार्यकर्ता भने क्रियाशीलता सदस्यतामाथि प्रश्न उठाउँदै केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसिरहेका थिए । रौतहटमा भएको क्रियाशिल सदस्यताको विवाद समाधन भएपछि अनसनमा बसेका धर्नाकारीहरुले आजै अनसन तोड्ने भएका छन् । काग्रेसको महाधिवेशन मिति पटक पटक सर्दै आएको भएपनि अव भने तोकिएकै समयमा माअअधिवेशन हुने प्राय निश्चित भएको छ ।
































