विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश सरकारको उपलब्धि सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धनकै जनमत पार्टीको विरोध प्रदर्शन

546
shares

जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ । जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेश सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो ।

उपलब्धि सार्वजनिक नगरिरहँदा सत्ता गठबन्धनकै जनमत पार्टीका नेताहरुले भने विरोध प्रदर्शन गरे । उनीहरुले ‘साइकल चोरलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । २९ पुसमा जसपाका सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिका विवरणहरु २२ पृष्ठमा सार्वजनिक गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports