सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यी नेताहरुको भविष्यको निर्धारण महाअधिवेशनले गर्ने , महाअधिवेशनवाट केही नेताहरु पाखा लाग्ने निश्चित

507
shares

काठमाडौँ । न्यायालयभीत्रको संकटलाई राजनितिक दल र पाँच दलिय गठवन्धन अनि परमादेशवाट निमार्ण भएको शेरवहादुर देउवा नेतृत्वको सरकारले पन्छाएर अहिले मुलुकका दुई ठूला राजनितिक दल सहित राष्ट्रिय प्रजातन्त्र पार्टी समेत आ – आफ्नो महाधिवेशन सम्पन्न गर्नका लागि लागि परेका छन् । सत्ताको नेतृत्वकर्ता दल नेपाली काग्रेसभीत्र अहिले स्पष्ट रुपमा धारै धार देखिएको छ । संस्थापक्षबाट प्रधानमन्त्री देउवा नै फेरि सभापति बन्ने रणनितिमा लागेका छन् भने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री प्रकाशमान सिंह, महाकमन्त्री शशाकं कोइराला ,शेखर कोइराला उपसभापति गोपालमान श्रेष्ठ सहित अर्का उपसभापति विमलेन्द्र निधि पनि सभापतिको दौडमा लागि परेका छन्

। २०७४ सालमा भएको काग्रेसको महाअधिवेशनमा निधिले सभापति देउवालाई समर्थन गरेका भएपनि यस पटक उनी आफै सभापतिको उम्मेरदवार बन्ने घोषणा गरी सकेका छन् भने गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेरदवार बन्ने घोषणा गरी सकेका हुनाले संस्थापन पक्षलाई पनि संकट देखिएको छ । पार्टी सभापति एव् प्रधानमन्त्री देउवा जसरी भएपनि फेरी एक पटक सभापति भएरै छोड्ने अडानमा रहेकोले संस्थापन पक्षले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न सरकारी ढुकुटी दुरुपयोग गर्न सक्ने भय पौडेल पक्षलाई रहेको छ ।
नेपाली काग्रेसमा कोइराला परिवारको लामो विरासत भएपनि देउवाले त्यो विरासत भत्काएका थिए । अहिले पनि कोइराला परिवार डा. शशांक कोइराला, डा.शेखर कोइराला र सुजता कोइराला राजनितिमा सकृय रहेकोले कोइराला परिवार मध्येका एक सभापतिको उम्मेरदावर बन्नु पर्ने भन्दै त्यसै अनुरुप अघि बढेका भएपनि कोइराला परिवारमा एकमत बन्न सकेको छैन । काग्रेसमा लामो समयदेखि संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेल आफै सभापतिको उम्मेरदवार बन्न चाहेका भएपनि उनले समेत संस्थापन इतर पक्षलाई एकै ठाउमा ल्याउन नसकेको हुनाले पनि संस्थापन इतर पक्ष विभाजित जस्तै भएको छ ।

काग्रेसमा लामो समयसम्म विरासत कायम गराउन सफल भएका विपी कोइरालाका पुत्र शशाक कोइराला गणेशमान सिह श्रेष्ठका पुत्र प्रकाशमान सिंह र महेन्द्र नारायण निधिका पुत्र विमलेन्द्र निधि र शेखर कोइराला एकै ठाउमा उभिएको खण्डमा प्रधानमन्त्री फेरी सभापतिमा निर्वाचित हुन सक्ने सम्भावना न्यून रहेको छ । त्यही कारणले गर्दा सभापति देउवा र संस्थापन पक्ष इतर पक्षालाई कुनै सर्तमा पनि एकै ठाउमा उभिन नदिने रणनितिमा लागेका छ । संस्थापन इतर पक्ष एकै ठाउमा नउभिएको अवस्थामा देउवा नै पुन सभापति बन्ने प्राय निश्चित जस्तै देखिएको छ । यदि देउवा नै फेरी सभापति बनेको खण्डमा रामचन्द्र पौडेल लगायतका केही अन्य नेताहरुको रण्जनितिक भविष्य नै संकटमा पर्ने प्राय निश्चित जस्तै रहेको छ ।

यस पटक काग्रेसको तल्लो तहवाट धेरै युवाहरु निर्वाचित भएर महाअधिवेशन प्रतिनिधिमा आएका हुनाले अर्को पटकको महाधिवेशन सम्ममा पुग्दा अहिलेका पुराना नेताहरु नेतृत्वबाट बढारिने निश्चित छ । त्यही कारणले गर्दा देउवाले एक पटक फेरी सभापति बन्ने चाहाना राखेको प्रष्ठ छ । राजनितिक दलहरु भीत्र आन्तरिक लोकतन्त्र नभएकोले गर्दा नेतृत्वमा पुगेपछि भरीसक्य सत्ताको नेतृत्व गर्ने त्यो सम्भावना नभएको खण्डमा प्रतिपक्षी दलको नेता बनेर आफ्नो गुटलाई बलियो बनाउने र पार्टीको सत्ता पक्ष बन्ने सत्तापक्ष बनिसकेपछि सम्बैधानिक रुपमा प्राप्त राजकीय सुविधाहरु आफु निकटलाई दिएर रजगज गर्ने शैलि अहिले अपनाएको हुनाले नै पार्टीको नेतृत्व हत्याउन धेरै नेता लागि परेका हुन् ।
नेकपा एमालेको महाअधिवेशन समेत यही मंसीर महिनाको १० गते देखी हुदैछ । नेकपाले विधान महाअधिवेशन सम्पन्न गरी सकेको हुनाले उस्को महाधिवेशन नेतृत्व चयनमा मात्र सिमित हुने भएको छ । पार्टी अध्यक्ष केपी ओलीलाई चुनौती दिन सक्ने नेता अहिले नेकपा एमालेमा नभएकोले गर्दा पुन पार्टी अध्यक्षमा ओली नै चुनिने प्राय निश्चित जस्तै भएको छ । नेकपा एमालेले नवौँ महाधिवेशनवाट १५ जना पदाधिकारी सहित २२५ जना केन्द्रीय समितिका सदस्यहरुको निर्वाचन गराउने भएको छ । विभिन्न आयोगहरुमा गरी ३० जनाको समेत निर्वाचन हुने भएको छ ।

नेपाली काग्रेसमा जस्तो ठूलो समस्या नेकपा एमालेमा नदेखिएपनि नेकपा एमाले विभाजन हुदा माधव नेपाल समुहममा पहिला रहेका तर पछि माधव नेपाल समुहमा नगएर एमाले मै बसेका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत १० जनाको हैसियत के हुने र माओवादी केन्द्र बाट नेकपा एमालेमा प्रवेश गरेर अध्यक्ष ओलीलाई सहयोग गर्दै आएका रामबहादुर थापा, लेखराजभट्ट , टोप बहादुर रायमाझी लगायतका अन्य नेताहरुको हैसियत के हुुने भन्ने प्रष्ठ भएको छैन । नेकपा एमालेका महासचिव इश्वर पोखरेल, विष्णु पौडेल सुभाष नेमाङ्ग लगायतका अन्य नेताहरुको भविषय पनि महाधिवेशनले नै निर्धारण गर्ने भएको छ । त्यसका लागि करीव एक साता पर्खिनु पर्ने हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन समेत हुन लागि रहेको छ । पार्टीका अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा, डा. प्रकाश चन्द्र लोहनी लगायत केही युवा नेताहरु समेत अध्यक्षको दावेदार गरी रहेका हुनाले थापा, राणा र लोहनीको राजनितिक भविष्य पनि महाधिवेशनले नै निर्णय गर्ने भएको छ । अहिलेसम्मको अवस्था हेर्दा थापा राणा र लोहनी मध्ये थापा नै अग्रपतिमा देखिएका छन् भने उनलाई सासद समेत रहेका राजेन्द्र लिङ्गदेन लगायत धवल समशेर राणले चुनौती दिन सक्ने अवस्था देखिएको छ । अहिलेके अवस्थामा यसो हुन्छ भनेर आकलन छिटो हुनेछ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports