सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालमा निधन

520
shares

 

काठमाडौँ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनकी श्रीमती बविता बुढाले बताइन् । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक रहेका थिए । उनकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो । उनको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports