सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अस्पतालको बेडबाटै पेशी

481
shares

 

काठमाडौ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणा कोरोनाले संक्रमित भएर सशस्त्र प्रहरीको अस्पतालमा भर्ना भएका छन् । प्रधानन्यायाधिश राणाले मंगलबार अस्पालबाटै पेशी तोकेर अर्को गल्ती गरेका छन् । अस्पतालबाटै पेशी तोक्नु अर्को गलत नजिर बस्न सक्छ । बुधबारबाट सर्बोच्च अदालतमा गोला प्रथाद्वारा पेशी तोकिएको छ । प्रधानन्यायाधिशको तजविज अधिकार कटौती भएको छ ।

अस्पतालमा उपचारका लागि भर्ना भएका भएपनि प्रधानन्यायाधिश राणाले विदा लिएनन् उनले विदा नलिएको कारण बुधबार सम्वैधानिक इजलास बस्न सकेन । प्रत्येक हप्ताको बुधबार र शुक्रबार सम्वैधानिक इजलास बस्ने गरेको छ भने त्यसको नेतृत्व प्रधानन्यायाधिशले नै गर्ने सम्वैधानिक व्यवस्था रहेको छ । अब पेशी तोक्दा प्रधानन्यायाधिशले न्यायाधिसहरुलाई मुद्दा उनीहरुको इजलासमा राख्न नपाउने भएपछि केही मात्रामा भएपनि सेटिङ्ग, भ्रष्टाचार र विचौलियाहरुको अन्त्य हुन सक्छ ।
प्रधानन्यायाधिस राणा विरामी भएपनि औपचारिक विदामा बसेनन् आखिरी किन ? अस्पतालको बेडबाटै मंगलबार पेशी तोकिदिए कोरोना भाइरसबाट संक्रमित भएका हुनाले उनले कसैसँग भेटघाटसम्म गर्न नपाउने अवस्थामा कसरी अस्पतालको बेडबाटै पेशी तोकियो ?

अस्पतालमा भर्ना हुनु भनेको अदालतमा अनुपस्थित हुनु हो । अदालतमा अनुपस्थित भएपनि पेशी तोक्न मिल्छ ? अदालतमा पेशी तोकिएको कार्यलाई कसरी बैधानिकता दिइयो । अदालतमा उपस्थित नै नभएका प्रधानन्यायाधिशले पेशी तोक्दा अन्य न्यायाधिसहरुले त्यसलाई कुन अर्थमा लिएर इजलासमा बसे ? अहिले त्यो प्रश्न चर्चाको विषय बनेको छ । विरामी भएर अस्पतालमा बसेका व्यक्तिले अदालतमा हाजिर नै नगरी पेशी तोक्नु भनेको सडकबाटै पेशी तोक्नुसरह हो ।
सर्बोच्च अदालतमा गोला प्रथाद्वारा पेशी तोक्न थालिए पनि उच्च अदालत र जिल्ला अदालतमा समेत अब गोला प्रथाद्वारा नै पेशी तोक्ने व्यवस्था गरिएको खण्डमा न्यायाधिश र विचौलियाबीचको सम्बन्ध नहुने भएकाले गर्दा सेवाग्राहीहरुले निष्पक्ष न्याय पाउने आशा आम नागरिकले गरेका छन् । गोला प्रथाद्वारा पेशी तोक्न थालिएको हुनाले अब प्रधानन्यायाधिश र कार्यपालिकाबीचमा भागवण्डाको अन्त्य हुने र न्यायालयले पनि निष्पक्ष भएर न्याय दिन सक्ने विश्वास गर्न सकिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports