सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसमा दुवै पक्ष रणभुल्लमा

533
shares

 

काठमाडौ । यहि मंसिर २४ गते देखि सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुने भएको छ । कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवा पुन सभापति बने होडमा रहेका भएपनि कांग्रेसको संस्थापन इतर पक्ष देउवाको विकल्प खोज्ने भन्दै अघि बढेको भएपनि जिल्लाबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुको नतिजाले देउवा र इतर पक्षलाई ढुक्का हुने अवस्था देखिएको छैन ।

अहिलेसम्म चुनिएर आएका प्रतिनिधिहरुको संख्यालाई हेर्दा इतर पक्ष एकजुट भएको खण्डमा देउवासँग उनीहरुको कडा प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको छ । संस्थापन र इतर दुवै समूहका लागि अब हुने प्रदेश नं. २ र पहाडी २ जिल्लाको महाधिवेशन प्रतिनिधिहरु नै निर्णयक देखिएका छन् ।
प्रदेश नं. २ का आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रबाट ८ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरु आउने छन् । अहिले यी आठै जिल्लामा निर्वाचन भईरहेको छ भने कतिपय निर्वाचन क्षेत्रमा निर्वाचन हुन बाँकी रहेको छ । अहिलेसम्म नतिजा आएका ६ प्रदेश मध्येका सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा देउवा पक्ष बलियो देखिएको छ भने प्रदेश नं. १, बागमति र गण्डकीमा इतर पक्ष बलियो अवस्थामा रहेको छ ।

संस्थापन पक्ष अहिलेसम्म एकजुट भएको छैन ।
देउवासँग प्रतिस्पर्धा गर्न यी चार नेता मुख्य दौडमा रहेका छन् जसमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइराला यी चार बीचमा समझदारी बन्छ कि बन्दैन भन्नेमा कुनै टुँगो लाग्न सकेको छैन भने विमलेन्द्र निधि समेत सभापतिका दाबेदार रहेकाले गर्दा देउवालाई समस्या पर्ने भएपनि देउवा भने पौडेल, सिंह र कोइरालाद्वय बीचमा समझदारी नहोस् भन्दै निधिलाई र कृष्ण प्रसाद सिटौलालाई आफ्नो पक्षमा ल्याउन लागि परेका छन् ।

प्रदेश नं. २ मा निधि मार्फत नै देउवाले पकड बनाउँदै आएका थिए तर अहिले निधि नै सभापतिका दाबेदार रहेकाले गर्दा त्यसको क्षतिपूर्ति मिलाउन देउवा लागि परेका छन् ।
संस्थापन इतर पक्ष एकजुट भएको खण्डमा देउवालाई सभापतिमा पुनः निर्वाचित हुन फलामको च्युरा चपाउनु सरह हुन सक्छ तर इतर पक्ष अहिलेकै अवस्थामा एकजुट हुन सक्छ भनिहाल्ने अवस्था समेत देखिएको छैन । कांगे्रसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

५१ प्रतिशत मत नल्याएको खण्डमा सबैभन्दा बढी र दोस्रो मत लउनेबीचमा पुनः निर्वाच हुने व्यवस्था रहेकोले कांग्रेसको पहिलो चरणको निर्वाचनमा कसैले ५१ प्रतिशत मत ल्याएन नसक्ने अवस्था देखिएकोले दोस्रो चरणको निर्वाचनमा अलग समिकरण बन्न सक्छ त्यो समिकरणले नै सभातिको भविष्य निर्धारण हुन सक्छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports