सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलको राजनिति गर्ने शिक्षकहरुलाई कारवाही गर

481
shares

काठमाडौ । उच्च अदालत पाटनले दलको राजनितिमा लागेका शिक्षकहरुलाई कानुनी कारवाही गर्न आदेश दिएको छ । अजित भण्डारीले शिक्षकहरु विभिन्न राजनितिक दलको क्रियाकलाप, सदस्य र महाधिवेशन प्रतिनिधि बनेर हिडेको र त्यस्ले गर्दा शिक्षाको गुणस्तर खस्किएको भन्दै दायर गरेको रिटमा अदालतले कारवाही गर्न आदेश दिएको हो । भण्डारीको रिटमा प्रारम्भकि सुनुवाई गर्दै उच्च अदालत पाटनले कानुनको उल्लघन गर्नेलाई कारवाही गर्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधिशद्धय माधव प्रसाद पोखरेल र निलम पौडेलको सयुक्त इजलासले सार्वजनिक पदमा रहेका व्यक्तिहरुले राजनितिमा भाग लिन नपाउने कानुनी व्यवस्था रहेको र त्यसलाई कडाईका साथ पालना गर्न आदेश मंसिर १९ गते दिएको हो । विभिन्न राजनितिक दलका महाधिवेशन हरु भईरहेका र धेरै शिक्षकहरुले आ—आफ्नो रोजाईका पार्टी रोजेर दलको क्रियाशिल सदस्य र महाधिवेशन प्रतिनिधि समेत वनीरहेका हुनाले शिक्षाको गुणस्तर खस्किदै गएको छ । कतिपय शिक्षकहरुले स्कूल नै बन्द गरेर राजनितिक संगठनहरुका महाधिवेशनमा सरीक भएका हुनाले विद्यार्थीहरुले पढ्न पाएका छैनन् । विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई सरकारी स्तरवाटै तलव भत्ता खाने शिक्षकहरुले कानुनको उल्लघन गर्दै आएका छन् । तर त्यस विषयमा शिक्षा मन्त्रालय भने मौन रहेको छ ।

केही दिन पहिला निर्वाचन आयोगले विज्ञप्ति नै जारी गरेर शिक्षक र सरकारी सेवामा रहेका कर्मचारीहरुलाई राजनितिक दलहरुले क्रियाशिल सदस्यता दिएको र शिक्षक र निजामति कर्मचारीहरु समेत राजनिति दलको महाधिवेशनमा सरीक रहेको भन्दै आपत्ति जनाएको थियो । आयोगले जिल्ला निर्वाचन कार्यालय र प्रदेश निर्वाचन कार्यालयलाई त्यसरी सदस्यता लिएका शिक्षक र कर्मचारीहरुको अभिलेख दर्ता नगराउन निर्देशक समेत दिएको भएपनि त्यस्को पालना हुन सकेको छैन । हालै सम्पन्न भएको नेकपा एमालेको महाधिवेशनमा निजामति सेवाका आठ कर्मचारीहरु महाधिवेशन प्रतिनिधि वनेका थिए ।

त्यस विषयमा निर्वाचन आयोगले आपत्ति जनाएपनि सत्ताधारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आयोगको आपत्तिलाई खण्डन गर्दै शिक्षक र कर्मचारीहरुले राजनिति गर्न पाउनु पर्दछ, शिक्षकहरु नै राजनितिक गुरु भएकोले उनीहरुले राजनिति गर्न पाउनु हुदैन भन्ने अभिव्यक्तिको खण्डन गरेका थिए । उनले सरकारले शिक्षकलाई राजनिति गर्न छुट दिने व्यवस्था मिलाई दिने सार्वजर्निक अभिव्यक्ति समेत दिएका थिए । के अब अदालतको आदेश पालना होला त ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports