सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अहिलेका पाँच गठवन्धन माघ १२ सम्म मात्र

429
shares

काठमाडौ । नेपाली काग्रेससका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवाले अहिलेको पाँच दलिय गठवन्धन आउँदो माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभाको निर्वाचनसम्मका लागि मात्र भएको वताएका छन् । सोमबार (२०गते) प्रधानमन्त्रीको सरकारी निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो वताएका हुन् ।

अहिलेको पाँच दलिय गठवन्धनलाई राष्ट्रिय सभाको निर्वाचन पछि पनि कायम राख्ने कि नराख्ने भने विषयमा कुनै छलफल नै नभएको प्रधानमन्त्री देउवाले वताएका भएपनि सत्तामा सहभागी भएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव नेपालले भने अहिलेको पाँच दलिय गठवन्धन आउदोे संघीय संसद , प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्मकै लागि भएको वताउदै आएका छन् ।

अहिले सासद भएका राष्ट्रिय सभाका २० सासदको पद आउँदो फागुन २० गते सकिने भएकाले गर्दा कानुनी व्यवस्था अनुसार म्याद सकिन ३५ दिन अघि नै निर्वाचन गराउन पर्ने बाध्यता रहेकोले गर्दा माघ १२ गते १९ सासदको निर्वाचन हुने भएको छ भने १ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिवाट नियुक्त गरीने सम्बैधानिक व्यवस्था रहेको छ ।

माओवादी केन्द्र र एककिृत समाजवादीले काग्रेस सहितका पाँच दल एकै ठाउँमा उभिएर निर्वाचनमा जानुपर्ने वताईरहेका भएपनि काग्रेसका नेताहरुले भने आउँदो निर्वाचनमा काग्रेसले कसैसँग गठवन्धन नगरी एक्लै निर्वाचनमा जानु पर्ने बताईरहेका बेला प्रधानमन्त्री देउवाले समेत अहिलेको गठवन्धन राष्ट्रिय सभाको निर्वाचन सम्मका लागि मात्र भएको वताएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमा तरङ्ग उत्पन्न भएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी पाँच दलिय गठवन्धन वनाएर निर्वाचनमा गएमात्र नेकपा एमालेलाई पराजित गर्न सकिन्छ भन्दै काग्रेसलाई अहिलेको गठवन्धनलाई कायम राख्न आग्रह गरीरहेका भएपनि काग्रेसको महाअधिवेशन आजवाट सुरु भएको र काग्रेसको नेतृत्व कस्ले समाल्छ त्यसैमा गठवन्धनको भविष्य निर्धारण हुन सक्छ । यदि देउवा पुन सभापतिमा निर्वाचित भएको खण्डमा पनि गठवन्धन कायम रहने कि नरहने अहिले नै यसै हुन्छ भन्ने अवस्था रहदैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports