linktrix Long Ad
Salt Trading Long Ad

समग्र सहकारीको छानविन गर्न न्यायिक समिति बनाऔं

702
shares

 

पछिल्लो समयमा राजनीतिक दलहरुप्रति एकले अर्कोलाई गलाउने प्रवृत्तिको विकास भएको छ । २०८० फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठबन्धन तोडेर नेकपा एमाले, रास्वपा सहितको गठबन्धन बनाएपछि कांग्रेसले जसरी भएपनि अहिलेको सत्ता समिकरणलाई भत्काउने रणनीति लिएको छ । त्यही रणनीति अनुसार कांग्रेस, राप्रपा, उपेन्द्र यादव अध्यक्ष रहेको जसपा नेपाल अघि बढेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जसपा नेपाल विभाजित भएपछि उपेन्द्र यादवले सत्ता छोडेर उनी कांग्रेस सहितको विपक्षी गठबन्धनमा सामेल भएका छन् ।
रोचक पक्ष के छ भने उपेन्द्र यादवको नेतृत्वलाई अस्वीकार गर्दै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै अहिले कांग्रेससँगको गठबन्धनमा पुगेका छन् । उपेन्द्र यादवले आफ्नो पार्टी जसपा नेपाललाई विभाजित गराउन प्रधानमन्त्री दाहाल सहित सत्ता गठबन्धन नै लागि परेको आरोप समेत लगाएका छन् भने जसपा नेपालबाट विभाजित भएर गठन भएको जसपाका अध्यक्ष अशोक राई समेतका अन्य नेताहरुले त्यसलाई अस्वीकार गर्दै यादवको हेपाह प्रवृत्तिले गर्दा आफूहरुले पार्टी विभाजन गर्नु परेको बताइरहेका छन् ।
नेपालमा पार्टी विभाजन हुन कुनै आइतबार कुर्नु पर्दैन । व्यक्तिगत स्वार्थ पूरा नभएको अवस्थामा र आफूलाई मन्त्री नबनाएको अवस्थामा समेत पार्टी विभाजित हुने गरेका धेरै उदाहरण रहेका छन् । त्यही कारणले गर्दा नेकपा एमालेबाट विभाजित भएर गठन हुन पुग्यो माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टी । अहिले एकीकृत समाजवादी पार्टी सत्तामै रहेको भएपनि उसले समेत कुनै दिन सत्ता छोड्ने आंकलन गरिएको छ । सत्तामा रहेको एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धन र प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई समेत समान हैसियतमा राखेको छ ।
एकीकृत समाजवादीको अध्यक्ष माधव नेपालले केही दिन पहिला भनेका थिए आफूलाइ अप्ठ्यारो पर्दा सहयोग गरेको कांग्रेसलाई बीच बाटोबाट छोड्न सकिँदैन भनेर । यदि कांग्रेससँगको गठबन्धनले बहुमत पु¥याउने अवस्था आएको खण्डमा जुनसुकै समय र जुनसुकै दिन एकीकृत समाजवादी पार्टीले सत्ता छोड्न सक्छ । ऊ अहिले अवसरको खोजिमा रहेको छ । एमालेसहितको गठबन्धनबाट जसपा नेपाल बाहिरिएको र उसले दाहाल सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको भएपनि ऊबाट विभाजित भएर गठन भएको जसपाले दाहाल सरकारलाई समर्थन गरेर सरकारमा सहभागि भएको छ ।
अहिले जसपा नेपालका संघीय ससदमा यादव सहित ५ जना सांसद रहेका छन् भने अशोक राईले नेतृत्व गरेको जसपामा ७ सांसद रहेको छ । दाहाल सरकारलाई बहुमतमा रहनुका लागि एमालेका ७८, रास्वपाका २१, माओवादीका ३२, जसपाका ७ गरी १ सय ३८ सांसदको बहुमत रहेको छ भने ३ स्वतन्त्र मध्येको २ सांसदले दाहाल सरकारलाई समर्थन गर्ने र नागरिक उन्मुक्तिले समेत समर्थन गर्ने भएका छन् ।
सत्ता गुमाउनु परेको पीडा पछिल्लो समयमा कांग्रेसले संसदमा पोख्दै आएको छ । खास गरेर रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाबीचको जुहारीले गर्दा संसदलाई अनिर्णयको बन्दी बनाइएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने माथि संसदीय छानविन समिति बनाएर छानविन हुनुपर्ने माग विपक्षी कांग्रेसले उठाउँदै आएको छ । ३१ हजार सहकारीमध्येका प्रायः सबै सहकारीहरु ठगी प्रकरणमा मुछिएका हुनाले व्यक्ति तोकेर होइन समग्र सहकारीको समस्याको अनुसन्धान गर्न संसदीय छानविन समिति बनाइनु नै उपयुक्त हुने भएपनि कांग्रेसले भने रास्वपाका सभापति लामिछानेले आफूहरुलाई साथ नदिएको भन्दै व्यक्ति नै तोकेर समिति बनाइनुपर्दछ भन्नु राजनीतिक प्रतिशोध लिने कार्य बाहेक अन्य केही हुन सक्दैन । त्यसैले समग्र सहकारीका समस्याको समाधान हुनेगरी उच्चस्तरीय न्यायिक छानविन समिति बनाइनु उपयुक्त हुनेछ भन्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports