२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले पहिलो औपचारिक अभ्यास खेल खेल्दै

624
shares

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम तयारीमा रहेको नेपालले सोमबार पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । हाल अमेरिकामा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेल क्यानडासँग खेल्न लागेको हो ।

औपचारिक रूपमा विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी राष्ट्रहरूले दुई–दुईवटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ । नेपाल र क्यानडाबिचको अभ्यास खेल डालासमा खेलिने छ । खेल राति ९ः१५ बजे सुरु हुनेछ । टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल आयोजक राष्ट्र अमेरिकासँग मे ३० तारिखमा खेल्नेछ । दोस्रो अभ्यास खेल पनि डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममै खेलिने छ । दोस्रो अभ्यास खेल राति ९ः१५ बजे सुरु हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports