२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय छानबिन समितिको कार्यादेशमा साझा धारणा बनाउन कांग्रेसले बोलायो पदाधिकारी बैठक

572
shares

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे साझा धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो । सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ । संसदीय छानबिन समिति गठनमा सत्ता पक्ष सहमत भए पनि समितिको कार्यादेशमा कुरा मिल्न सकेको छैन । गृहमन्त्री लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कांग्रेसको छ । सत्ता पक्ष लामिछानेको नाम उल्लेख गरेर कार्यादेश बनाउने पक्षमा देखिएको छैन ।

आज बिहानको छलफलमा पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहँदा सहमति हुन सकेन । प्रधानमन्त्री प्रचण्डले सत्तारुढ एमाले–रास्वपा र विपक्ष कांग्रेसलाई आन्तरिक छलफलका लागि समय दिएका छन् । सहमहामन्त्री परियारका अनुसार आजै साँझ प्रधानमन्त्रीले दुवै पक्षलाई बोलाउने छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports